|
प्रतीकात्मक तस्बिर

सुर्खेत : सुर्खेतको सिम्ता गाउँपालिका-६ राकमका ४२ वर्षीय टोपबहादुर अधिकारीको भरी नदीमा डुवेर मृत्यु भएको छ। शुक्रवार बिहान ९ बजे भेरी नदीमा पौडी खेल्न गएका अधिकारीलाई घाइते अवस्थामा भरीबाट उद्घार गरी स्थानीय मेहलकुना अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

मृतकको शव पोष्टमार्टमपश्चात भाइ बिन्दबहादुर अधिकारीलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ।

दुर्घटनामा एक घाइते

सुर्खेतवाट नेपालगंज जादै गरेको भे १ख २५१६ नम्बरको टिप्परले सोही दिशावाट गइरहेको भे१च २३६१ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ३ बजेतिर  ठक्कर दिँदा भेरीगंगा नगरपालिका छिन्चुका २५ वर्षीय सेबुक कोरेसी घाइते भएका छन् ।

घाईते कोरेसीलाई उपाचारका लागि नेपालगंज पठाइएको र ट्रिपर चालकसहित मोटरसाइकलार्इ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.