|
फाइल फोटो

काठमाडौं : गतसाता शुक्रबार बेलुकीदेखि तराई र पहाडी क्षेत्रमा धुलो मिसिएको पहेँलो वर्षा भयो। थार मरुभूभिबाट राजस्थान हुँदै नेपालका विभिन्न क्षेत्रमा धुलोसहित वर्ष भयो। नयाँ पत्रिका दैनिक लेख्छ– अहिले धुलो मिसिएको वर्ष रोकिए पनि असर पूर्ण रूपमा रोकिएको छैन।

‘वर्ष मौसममा सामान्यतया कम प्रदूषण हुन्छ’, वातावरण विभागका सूचना अधिकारी शंकर पौडेल भन्छन्, ‘गत शनिबारदेखि मंगलबारसम्म राजधानीको हावामा अघिल्लो वर्षको तुलनामा दोब्बर प्रदूषण भयो।’

चितवनको सौराहा, रूपन्देहीको लुम्बिनी र ललितपुरको पुल्चोकको हावामा अघिल्लो मनसुनको तुलनामा यो वर्षको १ जेठदेखि प्रदूषण बढ्दै गएको देखियो। ५ जेठसम्म गत वर्षको तुलनामा दुई गुणाभन्दा बढी प्रदूषण देखिएको पौडेलले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.