|

विश्वकप फुटबलमा एसियाली देश दक्षिण कोरिया लगातार दोस्रो खेलमा पराजित भएको छ। पहिलो खेलमा स्वीडेनसँग १-० ले पराजित दक्षिण कोरिया शनिबार भएको दोस्रो खेलमा मेक्सिकोसँग २-१ ले पराजित भएको छ। 

केही राम्रा अवसर सिर्जना गरेपनि दक्षिण कोरियाले तिनालाई गोलमा परिणत गर्न नसक्दा हार्न पुगेको हो। 

पहिलो खेलमा डिफेन्डिङ विश्वकप विजेता जर्मनीलाई पराजित गरेको मेक्सिकोका लागि कार्लोस भिल्लाले २६ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। उक्त अग्रतालाई जाभियर हर्नान्डेजले ६६औँ मिनेटमा दोब्बर बनाए। 

दक्षिण कोरियाका लागि सान्तावना गोल सोन हेउनमिनले गरेका थिए। उनले थपिएको समयको तेस्रो मिनेटमा सुन्दर गोल गरेका थिए। तर कोरियालाई खेलमा राखिराख्न उक्त गोल प्रयाप्त भएन। 

यो विजयसँगै मेक्सिकोको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बढेको छ भने दक्षिण कोरिया समूहचरणबाटै बाहिरिने सम्भावना बढेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.