|

काठमाडौं : फिफा विश्व कपमा शनिबार राति जर्मनीले स्विडेनलाई हरायो। साविक विजेताले दोस्रो चरणमा जाने सम्भावना पनि जिवितै राख्यो। शनिबार रातिको खेल बराबरीमा मात्र टुंगिएको भएपनि ४ वर्षअघि साविक विजेता स्पेनले जुन दुखद नियति व्यहोरेको थियो, जर्मनी अहिले त्यही नियति व्यहोथ्र्यो। समूह चरणबाटै घर फर्कन्थ्यो।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व डिफेन्डर धीरेन्द्र प्रधान जर्मनीका ‘हाइहार्ड फ्यान’ हुन्। खेलाडीका रुपमा नेपालको रक्षापंक्ति सम्हाल्दा प्रधानको नजिक जाने हिम्मत कमै खेलाडीले गथ्र्ये। सन् १९८३ मा दार्जलिङमा ब्रिटिस गोर्खा कप खेल्न जाँदा सेमिफाइनलमा भारतको एलियन्स क्लबसँग खेल थियो। त्यो खेलमा डिफेन्डर प्रधानले प्रहार गरेको बल लागेर सो टोलीका एक डिफेन्डर बेहोस नै भएछन्। उपचारका लागि ती खेलाडीलाई कोलकाता लगिएको थियो। कडा खुट्टा तर हँसिलो अनुहारका धनी प्रधान हाँस्दै भन्छन्, ‘हामीले उपाधि नै जित्यौं। खेलाडीलाई बेहोस बनाउने म उत्कृष्ट खेलाडी पो छानिएँ।’

आफ्नै खेल शैलीका कारण ‘पावर गेम’ मा रुचि राख्ने उनी जर्मनीको समर्थक बने। तर, यसपाली जर्मनीले विश्व कप जित्नेप्रति भने उनलाई विश्वास छैन। हुन त जीवनमा उनी डियगो म्याराडोनाको खेलबाट प्राभावित भए। तर, अर्जेन्टिनाको समर्थक बन्न सकेनन्। ‘मलाई पावर गेम मनपर्छ, जुन जर्मनीले खेल्छ,’ दोहराए उनी भन्छन्, ‘तर, खै केही गर्ला जस्तो छैन, यसपाली।’

हुनत अधिकांश नेपालीले भन्दा अगाडि नै उनले विश्व कपको प्रत्यक्ष प्रसारण हेर्न पाए। सन् १८८२ मा चीनमा खेल्न जाँदा स्पेनमा विश्व कप आयोजना भइरहेको थियो। त्यहाँ उनीसहित नेपाली टोलीले विश्व कपका सबै खेल हेरे। उनको मन ब्राजिलका जिकोले पनि जिते। फेरीपनि उनी ब्राजिलको पनि समर्थक बन्न सकेनन्। अहिलेका खेलाडीमा उनी क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी मन पराउँछन्। उनी अर्जेन्टिनाका समर्थक होइनन् तरपनि, यस विश्व कपमा मेसीको खुट्टा चल्न नसक्दा उनी दिक्क छन्। महान खेलाडीमा हुनुपर्ने गुण मेसीले देखाउन सकेनन्। बरु रोनाल्डो त्यस मामिलामा सफल भइरहेका छन्। उनलाई रोनाल्डो मन पर्न थालेका छन्। तर, उनी पोर्चुगलको पनि समर्थक होइनन्। 

जसलाई समर्थन गर्छन्, त्यो टोलीले विश्व कप जित्न नसक्ने खेल पस्किरहँदा उनी विश्व विजेता नयाँभन्दा पुरानै टोलीबाट आउनुपर्ने राय राख्छन्। ‘एक पटक राम्रो खेल्यो, विश्व कप जित्यो अनि अर्को पटकदेखि हरायो। त्यस्तो टोलीले भन्दा त विश्व कपका पावर हाउसले नै ट्रफी चुम्नुपर्छ भन्ने मेरो धारणा हो।’ हुनत उनी यसपटक स्पेन र बेल्जियमसँग पनि उपाधि जित्ने ल्याकत देख्छन्। तर, पोर्चुगलको सम्भावना देख्दैनन्। ‘अहिले नै भन्न गाह्रो हुन्छ। समूह चरण र नकआउट चरणमा खेलमा व्यापक परिवर्तन आउँछ। त्यसबेला विश्व कपमा अहिलेसम्म राज गरिरहेकाहरू नै हावी हुने सम्भावना बढ्दै जान्छ,’ उनको अनुभव छ। तरपनि, उनलाई यसपाली स्पेन, पोर्चुगल र बेल्जियमको खेलले प्रभावित पारिरहेको छ। 

सन् १९७९ देखि नेपाली जर्सीमा सजिएका धीरेन्द्र प्रधानले झन्डै ११ वर्ष राष्ट्रका लागि खेले। सन् १९८७ मा काठमाडौं सम्पन्न ओलम्पिक प्रारम्भिक छनोट चरणमा बंगलादेशविरुद्ध उनले हानेको एकमात्र गोलले नेपाल दोस्रो चरणमा पुगेको थियो। त्यसबेला उनले हानेको कर्नर किक सीधैं गोलपोस्टमा मात्र छिरेन, बल रोक्ने प्रयासमा विपक्षी गोलरक्षकको औंला समेत भाँचिएछ। ‘अरु सातातिना दूर्घटना पनि भएका छन्,’ अनुहारमा हल्का मुस्कान छरेर आफ्नो शक्तिशाली प्रहारमा गर्व गर्दै उनले भने, ‘त्यसपछि हामीले चीन, थाइल्यान्ड, कोरिया र जापानसँग दोस्रो चरणको छनोटमा खेल्यौं। नराम्रै गोल खाएर फर्कियौं।’ 

इस्लामाबादमा सन् १९८९ मा सम्पन्न चौथो दक्षिण एसियाली खेलकुदमा चौथो भएपछि राष्ट्रिय टोलीबाट विश्राम लिएका ६२ वर्षिय प्रधान अहिले पनि आफ्नो खुट्टामा त्यही शक्ति रहेको दावी गर्छन्। ‘स्टेमिना गयो, तर खुट्टाको पावर गएको छैन।’

टेलिभिजन नहुँदा उनले विश्व कपको प्रत्यक्ष प्रसारण रेडियोबाट पनि सुने। ‘खेल कसैको हेर्न पाइएन। इलाममा जन्मिएको म, आफ्नै तरिकाले खेलियो, त्यसैले कसैको खेलसँग प्रभावित नै हुन पाइएन,’ उनी भन्छन्। तर, उनलाई पूर्व कप्तान स्वर्गीय रुपकराज शर्माको खेल र व्यक्तित्वले भने प्रभावित पा¥यो। उनी डिफेन्समा जमेको पहिलो दक्षिण एसियाली खेलकुदमा नेपालले शर्मा कै नेतृत्वमा स्वर्ण पदक पनि जित्यो। ‘राष्ट्रलाई जित दिलाउँदा जुन खुशी लाग्छ, त्यो अरु केहीमा छैन।’

प्रधानले नेपालले फुटबलमा पहिलो पटक सहभागिता जनाएको सन् १९८२ को दिल्ली एसियाली खेलकुदमा पनि खेल्ने मौका पाए। समूह चरणमा कुबेत तथा बर्मा जस्ता टोलीलाई चुनौती दिए तर हार व्यहोर्नु प¥यो। सो खेलकुदमा यमबहादुर (वाइबि) घलेले कुबेतविरुद्ध गरेको गोल कुनै नेपालीले गरेको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय गोल पनि बन्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.