|

रौतहट : १६ नगरपालिका र दुर्इ गाउँपालिकासहित १८ स्थानीय तह रहेको रौतहट जिल्लामा आइताबार तीनवटा नगरपालिकाको मात्र दोश्रो नगरसभा भएको छ। जिल्लाको गौर नगरपालिका, परोहा नगरपालिका र मौलापुर नगरपालिकाले आइतबार नगरसभा सम्पन्न गरेका हुन्।

स्थानीय तह संचालन ऐनमा असार १० गते नगर तथा गाउँसभा गर्नुपर्ने केही कारणवस नसकेमा १५ दिनभित्र सम्पन्न गर्नुपर्ने उल्लेख रहेको  भएता पनि यी तीन नगरपालिकाले सुरु कै दिनमा नगरसभा सम्पन्न गरेका छन। चन्द्रपुर, बृन्दावन, गुजरा, फतुवा बिजयपुर, राजदेवी, गढीमार्इ, गरुडा, बौधिमाइ, राजपुर, देवाहीगोनाही, कटहरीया, इशनाथ, माधवनारायण नगरपालिका र यमुनामाइ तथा दुर्गाभगवती गाउँपालिका गरी १५ स्थानीय तहको  नगरसभा तथा गाउँसभा हुन सकेन।

जिल्लाका अधिकाश नगर तथा गाउँपालिकाको मेयर, उपमेयरबीच विवाद तथा वडा अध्यक्षहरू र मेयर बीचसमेत  विवाद हुँदा सभा हुन नसकेको स्थानीय जनप्रतिनिधिहरू नै बताउने गरेका छन्। असार मसान्तसम्म नगरसभा तथा गाउँसभा सम्पन्न नगरे साउनदेखि खर्च गर्ने बजेट पेश्कि विधयकबाट पारित गर्ने प्रावधान रहेको छ।

मौलापुर नगरपालिकाको बजेट २६ करोड

रौतहटको मौलापुर नगरपालिकाले दोस्रो नगरसभा आइतबार सम्पन्न गरेको छ।  करिव २६ करोड बजेट विनियोजन गरेको छ।

सरकारको नीति अनुरुप असार १० गतेभित्र स्थानीय तहको  सभा तथा आर्थिक नीति निर्धारण गरिसक्नु पर्ने अवधारणा अनुरुप विषेश कार्यक्रमको आयोजना गरी दोस्रो नगरसभाले आर्थिक वर्ष ०७५/०७६ को लागि करिब २६ करोड बजेट विनियोजन गरेको छ। अगामी  आर्थिक वर्ष २०७५/०७६मा उल्लेखित नीति तथा कार्यक्रम कार्वान्यनका लागि नगरसभा गरिएको हो।

नगरपालिकाका प्रशासकीय प्रमुख प्रमोद साहले आर्थिक वर्ष २०७५/०७६को लागि २६ करोडको बजेट प्रस्तुत गरेका हुन्। नगरपालिकाको चालु आर्थिक वर्षको खर्चको लागि छ करोड, विषयगत सशर्त कार्यक्रम तर्फ १० करोड सात लाख, र पुँजीगत तर्फ नौ करोड, ९३ लाख छुटयाइएको छ। मौलापुर नगरकी मेयर रिना कुमारी साहको सभापतित्वमा सम्पन्न नगरसभामा उपमेयर गौरीशंकर जयसवालका साथै नगरका पदाधिकारीहरू, कार्यालय प्रमुखहरू र स्थानीयवासीको उपस्थिति रहेको थियो।

परोहा नगरपालिकाको अनुमानित ३६ करोड

परोहा नगरपालिकाको दोश्रो नगरसभाले आर्थिक वर्ष ०७५/०७६को लागि ३६ करोड २३ लाख ३५ हजार अनुमानित बजेट विनियोजन गरेको छ। केन्द्रीय सरकारले करिब २५ करोड, प्रदेश सरकारले करिब साडे एक करोड तथा विभिन्न श्रोतबाट जुटाएर सो रकम बराबरको बजेट विनियोजन गरेको सो नगरका प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादवले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.