|

काठमाडौं : नेपाली राष्ट्रिय टोलीमा सधैं गोलरक्षकको भूमिकामा देखा परेका धनबहादुर बस्नेत राम्रा स्ट्राइकर पनि हुन्। २०३२ सालको सहिद स्मारक लिगमा ब्वाइज युनियनका लागि खेल्दा उनी सर्वाधिक गोलकर्ता नै बनेका थिए। त्यति हुँदासम्म पनि उनको प्रमुख चिनारी त बाँकी नै रहन्छ। नेपाली राष्ट्रिय फुटबल टोलीका सर्वाधिक सफल प्रशिक्षक।

सन् १९८२ मा नेपालले पहिलो पटक एसियाली खेलकुदमा सहभागिता जनाउनु अगावै बस्नेतले भारतको पटियालाबाट प्रशिक्षकको तालिम लिइसकेका थिए। तरपनि, रन्जन विष्टपछि दोस्रो रोजाइको गोलरक्षकका रुपमा उनलाई टोलीमा समावेस गरियो। उनी मैदानमा उत्रिएनन्। बस्नेतले प्रशिक्षकका रुपमा कुनै क्लब हेरेनन्। जबसम्म सक्रिय रहे राष्ट्रिय टोलीलाई स्तरअनुरुपका प्रतियोगितामा सफलता भने दिलाए नै रहे।

कुनैबेला जीवन मानेको फुटबल आज उनीबाट टाढा छ। भनौं, उनी आपैmं फुटबलको नजिक आउन चाहँदैनन्। तरपनि, फिफा विश्व कप–२०१८ का केही खेल उनले हेरेका छन्। अहिले नकआउट चरणमा नै प्रवेस पाउन संघर्ष गर्नु परिरहेको जर्मनीका उनी प्रसंसक हुन्। उनलाई जर्मन प्रशिक्षक डेटमर क्रामरले निकै प्रभावित पारेका थिए, आफ्नो जमानामा।

४ अप्रिल १९२५ मा जर्मनीमा जन्मिएका क्रामर सो मुलुकका फुटबल खेलाडी र प्रशिक्षक थिए। प्रशिक्षकका रुपमा उनले बायर्न म्युनिखलाई सन् १९७५ र १९७६ मा युरोपियन कप जिताएका थिए। जापानमा आधुनिक फुटबलका पिताका रुपमा उनकै नाम लिइन्छ। उनले केही समय अमेरिकी टोलीमा पनि प्रशिक्षकको भूमिका निभाए।

फुटबलका प्राध्यापकका रुपमा समेत चिनिने उनले सन् १९४८ देखि १९६३ सम्म तत्कालिन पश्चिम जर्मनीको मुख्य प्रशिक्षकका रुपमा बिताएका थिए। जर्मनी फुटबल महासंघ कै पहलमा उनले जापानमा फुटबल निर्देशकका रुपमा समेत कार्य गरे। जापानमा आधुनिक फुटबल भित्राए। टोकियो ओलम्पिक्सको आयोजनाभन्दा चार वर्षअघि सन् १९६० मा जापानले नियमित रुपमा व्यावसायिक प्रशिक्षक नियुक्त गर्ने योजना बनायो। अनि सो पदमा क्रामरलाई ने नियुक्त ग¥यो। उनकै अगुवाइमा सो ओलम्पिक्समा जापानले अर्जेन्टिनालाई समेत हरायो। उनकै पहलमा जापानमा राष्ट्रिय लिगको समेत सुरुवात भएको थियो। उनकै अगुवाइमा जापानमा प्रशिक्षकहरु उत्पादन पनि भए। त्यसैको परिणाम मेक्सिको ओलम्पिक्समा जापानले कास्य पदक समेत जित्यो। कीमरको अगुवाइमा जर्मनी सन् १९६६ को विश्व कपमा दोस्रो समेत भयो। उनले फुटबल मैदानमा मात्र होइन दोस्रो विश्व युद्धमा जर्मनीका लागि युद्धको मोर्चा समेत सम्हाले।

खेलाडी तथा प्रशिक्षक हुँदला विदेशबाट ल्याइएका फुटबल खेलका रेकर्डिङ हेरेरै, बस्नेत र उनका साथीभाइहरु चित्त बुझाउँथे। त्यसैले त्यसबेला पेलेको खेलले उनलाई पनि प्रभावित पा¥यो नै। तर, ब्राजिलले प्रभाव पार्न सकेन। यद्यपि उनी नेपालले समेत ब्राजिली फुटबल शैलीलाई अंगाल्नुपर्ने बताउँछन्।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक धनबहादुर बस्नेत जर्मन कप्तान तथा प्रशिक्षक फ्रेन्ज बेकनबर तथा रुसी किपर लेभ यासिनका पनि समर्थक हुन्। साथै इटालीका गोलरक्षक डिनो जोफ पनि उनलाई अति मनपर्छन्। जोफ त्यही गोलरक्षक हुन् जसले सबैभन्दा पाको उमेरमा कप्तानका रुपमा विश्व कपको ट्रफी चुमेका छन्। सन् १९८२ को विश्व कपको उपाधि चुम्दा उनी ४० वर्ष ४ महिना र १३ दिनका थिए। उनी सन् १९६८ मा इटालीले युरोपेली च्याम्पियनसिप जित्दा सोही टोलीका सदस्य थिए।

कीमरले जसरी जापानमा फुटबलको जग बसाले नेपालमा पनि त्यही शैलीमा जग बसाल्नुपर्ने राय राख्छन्, पूर्व खेलाडी तथा प्रशिक्षक धनबहादुर बस्नेत पनि। ‘हामी अहिले गलत तरिकाले फुटबल खेलिरहेका छौं। हाम्रो शारीरिक बनावट हेर्ने हो भने ब्राजिल, जापान झैं शैलीमा खेल्नुपर्छ,’ उनी भन्छन्।

सन् १९९३ मा ढाकामा आयोजित छैटौं दक्षिण एसियाली खेलकुदमा राष्ट्रलाई स्वर्ण पदक दिलाएपछि भने उनले फुटबललाई माया मारे। त्यसबेला पाका भइसकेका खेलाडी गणेश थापालगायतलाई हटाएर उनले राष्ट्रिय टोली बनाएका थिए। आफ्नो प्रतिष्ठा दाउमा राखेर उनले निर्णयमा परिवर्तन गरेनन्। बरु उल्टै खेलाडी कै पिटाइ खान समेत उनी तयार भए। राष्ट्रिय खेलुकद परिषद्का तत्कालिन सदस्य सचिव राजबहादुर सिंहको आड–भरोसा पाएकै कारण उनी युवा खेलाडीले सजिएको टोली लिएर ढाका पुगे। सो खेलकुदमा अन्य कुनै पनि खेलमा नेपालले स्वर्ण पदक जित्न नसक्दा फुटबलले मात्र त्यो पदक जितेर राष्ट्रको सान जोगायो।

उनको कमाएको त्यो सफलताका केही वर्षपछि उनले टोलीबाट हटाएकाहरु नै नेपाली फुटबलका सर्वेसर्वा बने। अनि नेपाली फुटबलबाट उनी बिस्तारै पाखा लाग्दै गए। पूर्व प्रहरी अधिकृत समेत रहेका बस्नेतले खेलकुद परिषद्को अधिकृतबाट अवकास लिए। फुटबललाई माया गरकै कारण उनले प्रहरीको जागिर छाडेर खेलकुदको जागिरमा मोह बसालेका थिए। तर, सँभवत् त्यो निर्णयले पनि उनलाई कहिले काहीँ पछुतोमा त पार्छ नै होला। खेलकुदको मोहमा समयले उनलाई ठग्यो। उनले माया गरेको फुटबललाई उनले जीवनको अंग बनाइरहन पाएनन्।

उनलाई आपूmले सिकाएका खेलाडीहरुमा उमेश प्रधानको खेलले निकै प्रभावित पारेको छ। जर्मनी समर्थक यी प्रशिक्षक सम्भवत जर्मन प्रशिक्षक जोकिम लोसँग पनि प्रभावित छन्। उनी झैं लो पनि टोलीलाई युवा खेलाडीहरुले अगुवाइ गर्नुपर्ने धारणा राख्छन्। उनी यस विश्व कपमा भने उरुग्वेको खेलसँग पनि प्रभावित छन्। उरुग्वेको रक्षापंक्ति र फरवार्ड लाइन मिलेको उनको धारणा छ। तरपनि, यो विश्व कप जर्मनीले नै जित्छ भन्ने उनको मनमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.