|

भद्रपुर, (झापा) :  विषाक्त खानेकुरा खाँदा दक्षिणी झापाको कचनकवल गाँउपालिकाको एकै गाउँका तीन बालबालिकासहित नौ जना बिरामी परेका छन्।

खेताला गएका उनीहरूले बिहीबार दिउँसो आलु, साेयाविनको तरकारी र मटरको अचारसँग खाना खाएका थिए। खानेकुरा खाएपछि 'फुड प्वइजन' भएर बिरामी परेका उनीहरूलाई उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगेको वडा प्रहरी कार्यालय भद्रपुरका निरीक्षक प्रकाश जगेवूले जानकारी दिए।

उनका अनुसार बिरामी पर्नेहरुमा कचनकवल ७ स्थित बालुवाडी निवासी २८ वर्षीया शर्मिला तामाङ, २४ वर्षीया मञ्जु राई, ३५ वर्षीय राजा तामाङ, २८ वर्षीय अञ्जन राई, ३२ वर्षीय सीता तामाङ र २६ वर्षीय दिलु लिम्बु छन्। हाल अञ्चल अस्पतालमा उनीहरुको उपचार भइरहेको छ। 

त्यस्तै सात वर्षीय उदय राजवंशी, अाठ वर्षीय जयप्रकाश राजवंशी र १० वर्षीय विक्रम राजवंशी भने उपचारपछि बिहीबार नै घर फर्किएका थिए। स्थानीय पदमबहादुर तामाङले खेतमा खाना खाएसँग उल्टी अाउने, रिंगटा लाग्ने, टाउको र शरLर दुख्ने भएपछि सबैलाई उपचारका लागि लगेको जानकारी दिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.