|

जुम्लाः डाक्टर  गोबिन्द  केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले उनको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देश गरेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सोमबार दिउँसो प्रशासन कार्यालयले डा. केसीको उपचारमा कुनै पनि कसर बाँकी न राख्न आग्रह गर्दै पत्र पठाएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए।

प्रशासनले सोमबार दिउँसो प्रतिष्ठानलाई पत्र पठाएपनि डाक्टर केसीको उपचारमा संलग्न चिकित्सकको टोलीले कबर्ड हलमा उनको उपचार गर्न नसकिने  बताएका छन्। यस्तै कबर्ड हल फोहोर भएकाले डा केसीको सामान्य उपचार समेत गर्न नसकिने डाक्टर प्रविण गिरीले जानकारी दिए। उनका अनुसार हलमा पानी, बत्ती, शौचालय लगायतका कुनै पनि सुविधा छैन नभएकालये उपचार गर्न नसकिने बताएका हुन्।

उनले भने, ‘यस्तो फोहोर ठाउँमा उपचार गर्न सकिँदैन,हलभित्र दिसा र पिसाबको मात्रै गन्ध आइरहेको छ।‘ यस्तै हाल अनसनरत ठाउँमा वत्तीको व्यवस्था छैन,फोहोर भएको ठाउँमा उपचार गर्न सकिँदैन अस्पतालमा मात्रै उनको उपचार सम्भव भएको डाक्टरहरुको भनाई छ। डा. केसी प्रती सहानुभुती जनाएको प्रशासनले अस्पताल लान भने दिएको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.