|

जुम्लाः डा गोविन्द केसीलाई अनशनस्थलमा उपचार सम्भव नभएको भन्दै नेपाल चिकित्सक संघ कर्णाली प्रदेश समितिले प्रदेशभरीका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ। अनशनका चार दिन पुगिसक्दा पनि सरकारले सुरक्षित स्थानमा स्थानान्तरण नगरेको भन्दै यस्तो निर्णय गरेको संघले जनाएको छ।

सोमबार जिल्ला प्रशासन कार्यालयलाई दिइएको २४ घण्टे अल्टिमेटमको कुनै सम्भोदन नभएको भन्दै संघले मातहतका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने जनाएको हो। संघको प्रदेश समितिको विज्ञप्तीअनुसार डा केसीको समर्थनमा कर्णाली प्रदेशका स्वास्थ्य संस्थाहरूले आफ्नो सेवा बन्द गरेका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरू पनि काम छोडेर डा केसीको समर्थनमा प्रदर्शनमा उत्रेका छन्।

डा केसीको समर्थनमा अर्धनग्न प्रदर्शन

जुम्लाका नागरिकहरूले मंगलबार दिउँसो डा केसीको समर्थनमा अर्धनग्न जुलुस प्रदर्शन गरेका छन्। डा केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको तर सरकारले बेवास्था गरेको भन्दै अर्धनग्न जुलुस प्रदर्शन गरेको नागरिक समाज जुम्लाले जनाएको छ। जुलुसमा जुम्लाका आम नागरिकको स्वतस्फुर्त सहभागिता रहेको छ। उनीहरूले मुखमा कालो पट्टी बाँधेरे विरोध प्रदर्शन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.