|

जुम्ला : गगने खोलाको अवरोध खुलेसँगै कर्णाली राजमार्गमा यातायात सञ्चालन भएको छ। पहिरो खसेर आइतबारदेखि अवरोध भएको सडक मंगलबार खुलेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

सडक डिभिजन कार्यालय जुम्लाको डोजरले पहिरो पन्छाएको कार्यालय प्रमुख श्रवण कुमार महताराले बताएका छन्। निरन्तर पहिरो खसिरहने उक्त स्थानमा वर्षा सुरु भएदेखि ११/१२ पटक पहिरो खसिसकेको उनले बताए। वर्षाका कारण सोमबार दिनभरी पहिरो खसिरहेकोले बाटो खुलाउन केही ढिलो भएको प्रमुख महताराले जानकारी दिए।

पहिरोको उच्च जोखिममा परेकाले उक्त स्थानमा सडक डिभिजनको डोजर र कर्मचारी गत जेठ महिनादेखि नै खटाएको उनले जानकारी दिए। आगामी दिनमा पनि पहिरो खस्न सक्ने भएकोले डोजर र कर्मचारीहरू तयारी अवस्थामा राखिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.