|

रसियामा जारी विश्वकपमा अर्जेन्टिना र पोर्चुगल प्रतियोगिताबाट बाहिरिसकेका छन् तर यी दुवै टिमका समर्थकबीच अझै बहस जारी छ– मेसी र क्रिस्टियानो रोनाल्डोमध्ये कुन राम्रो?

यही विषयमा विवाद हुँदा विश्वकप आयोजक देश रुसमा एक जोडीको डिभोर्स नै भएको छ। घटना २६ जुनको हो, जब अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले हराएकाे थियो। यो जितपछि आर्सेन नाम गरेका एक व्यक्ति जीतको खुशीमा उफ्रिरहेका थिए। मेसीको उत्कृष्ट प्रदर्शन भन्दै उनले नाराबाजी गरे।

तर उनकी श्रीमती ल्युडमिलाले मेसीभन्दा रोनाल्डो राम्रो भएको बताइन्। अार्सेन रिसले आगो भए। रिसको झोकमा आर्सेनले घर नै छोडिदिए। त्यतिले मात्र पुगेन। अर्को दिन बिहानै ल्युडमिलालाई डिभोर्सको कागज पठाए। यसरी मेसी  र रोनाल्डो को राम्राे भन्ने विवादका कारण आर्सेन र ल्युडमिलाको १६ वर्ष लामो सम्बन्ध टुंगियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.