|
फाइल फोटो

जुम्ला : अनशनको छैटौँ दिन डा. गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान(शिक्षण अस्पताल)को ‘आईसीयू’मा राखिएको छ। उनले आईसीयूमै अनशन थालेका छन्।

कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार डा. केसीको अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकीय टोलीका संयोजक डा. प्रवीण गिरीले बताए। अस्पतालमा सघन उपचार कक्ष नभए पनि सोहीअनुसारको सेवासुविधा व्यवस्था गरी केसीको उपचार गरिरहेको उनले जनाए।

नयाँ पत्रिका दैनिकका अनुसार डा. केसीले काठमाडौंबाट आएका चिकित्सकबाट जाँच गर्न मानेनन्। वीर अस्पतालबाट डा.जीवन थापा र सुवास रेग्मी जुम्ला अस्पताल आए पनि केसीले सरकारले खटाएको चिकित्सकबाट नजाँच्ने जवाफ दिएका थिए।

स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनपछि दुई विशेषज्ञ चिकित्सक केसीलाई जाँच्न जुम्ला पुगेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.