|

काठमाडौं : केही वर्षअघि नेपाल प्रहरीको अनुसन्धान अधिकृतमा पहिलो नम्बरमा आउने नाम थियो, पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी। प्रहरी निरीक्षकबाट २०४३ मा नेपाल प्रहरी सेवामा प्रवेश गरेका मल्ल २०७२ मा डिआइजी पदबाट अवकाश पाए। अनुसन्धान अधिकृतको रूपमा उनले थुप्रै सफल अनुसन्धान गरेका छन्।

मल्लले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) प्रमुख, उपत्यका अनुसन्धान महाशाखा, तालिम निर्देशनालय, अन्वेषण योजना, केन्द्रीय लागुअौषध नियन्त्रण व्युरोलगायतमा प्रमुखको जिम्मेवारी निर्वाह गरे। उनी सिआइबी प्रमुख हुँदा २०५९ असार ३१ मा भएको चर्चित रानीबारी हत्याकाण्डका अभियुक्त पक्राउदेखि नेपालमा हुने लागुऔषध तस्करीको पर्दाफास गरेका थिए। २०५४ मा प्रहरी नायव उपरीक्षक (डिएसपी) हुँदा उनी पहिलो पटक केन्द्रीय लागुऔषध नियन्त्रण व्युरोमा सरुवा भए। त्यो समय लागुऔषध व्युरोको कार्यालय काठमाडौंको पर्यकीय क्षेत्र ठमेलमा थियो।

लागुऔषध व्युरोमा अरू जस्तै सामान्य अधिकृत थिए उनी पनि। त्यो बेला बाहिरी मुलुक हुँदै नेपालमा कसरी लागुऔषध भित्रिन्छ भन्ने उनलाई पत्तो थिएन। त्यसैले त्यसबारे जानकारी लिन लागुअाैषधसम्बन्धी नेपाली र अन्तर्राष्ट्रिय पत्रपत्रिकामा आएका समचारहरू नियमित कलेक्सन गर्दै पढ्थे। तर अन्तर्राष्ट्रिय पत्रिकाहरू सहजै उपलब्ध हुँदैनथे। विभिन्न मुलुकका विमानमार्फत् आएका पत्रिकाहरू व्युरोको अफिस पुग्थे र उनी कार्यालयमै पत्रिकाहरू पढ्थे।

२०५४ असारको एक दिन उनले पाकिस्तानी पत्रिका 'डन' पढ्दै गर्दा कराँची विमानस्थलबाट हङकङ जाँदै गरेकी एक नेपाली युवती ११ किलो खैरो हिरोइनसहित पक्राउ परेको समाचार देखे। ती दिन सम्झँदै मल्लले भने, ‘त्यही समाचारले पहिलोचोटि मनमा कताकता क्लिक गर्‍यो र त्यही समाचारलाई अनुसन्धाको रूपमा ढाल्न सकिन्छ कि भनेर अनुसन्धान सुरु गरेँ।’ युवती धादिङ सत्यदेवी गाउँ विकास समितिकी तामाङ थरकी थिइन्। 

त्यही समाचारबारे विस्तृत अनुसन्धान गर्न उनी पाकिस्तानी दूताबास पुगे। पक्राउ परेकी नेपाली युवती गएको मितिमा नेपाल हुँदै पाकिस्तान जानेको एक एक विवरण लिए। कराँची हुँदै तेस्रो मुलुक जान नेपालीलाई अब कठिन हुने निष्कर्षमा पुगेका थिए उनी। पक्राउ परेकी नेपाली युवतीसँग पाकिस्तान पुगेका नेपाली काठमाडौं फर्किन्छन् भन्नेमा ढुक्क जस्तै थिए उनी ।

शंका गरेका व्यक्ति जुनी लामा नेपाल फर्किने सम्भावना भएको भन्दै खरेलसँगको छलफलपछि मल्लले त्यतिबेला त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी निरीक्षक गोविन्द आचार्यलाई 'जुनी लामा भन्ने मान्छे पाकिस्तानबाट नेपाल आउँदै छन्, आउनासाथ मलाई खबर गर्नू' भनेका थिए।

‘मैले गरेको धेरै अपराध अनुसन्धानमा खरेलसँग सम्पर्क गरेको छु। नेपाल प्रहरीमा अनुसन्धान गर्ने उनी जस्तो अरू अधिकृत देखेको छैन। त्यसैले उनी मेरा आदर्श हुन्’, मल्लले थपे, 'प्रहरीमा जुनियर अधिकृत भए पनि उनले आफूलाई सधैँ सम्झाउने र कहिलेकाहीँ त हपारेका समेत छन्।' ‘पक्राउ परेकी युवतीको मितिमा पाकिस्तान जानेहरूको पृष्ठभूमि अध्ययन गर्दा एक जनामाथि शंका लाग्यो। ती व्यक्ति थिए- जुनी लामा। जुनी लामाबारे गरेको अध्ययनबारे मल्लले प्रहरी निरीक्षक केशव खरेलसँग कुरा गरे। खरेल त्यतिबेला लागुऔषध नियन्त्रण व्युरोमा लामो समयदेखि अनुसन्धान गरेर बसेका प्रहरी निरीक्षक थिए। उसो त मल्ल खरेललाई नै आफ्नो अनुसन्धान विधि सिकाउने गुरु मान्छन्।

शंका गरेका व्यक्ति जुनी लामा नेपाल फर्किने सम्भावना भएको भन्दै खरेलसँगको छलफलपछि मल्लले त्यतिबेला त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी निरीक्षक गोविन्द आचार्यलाई 'जुनी लामा भन्ने मान्छे पाकिस्तानबाट नेपाल आउँदै छन्, आउनासाथ मलाई खबर गर्नू' भनेका थिए। गोविन्दलाई खबर गरेको केही दिनमै जुनी लामा पाकिस्तान हुँदै त्रिभुवन विमानस्थल पुगेको जानकारी आचार्यले मल्ललाई दिए। यो घटना  थियाे- २०५४ असार ३ गते मंगलबारको।

मल्लले भने, 'अहिले उसलाई केही नगर्नू, उसका सबै समानहरू लिन दिनू, बाहिर आएपछि जब ट्रलीमा सबै समान राख्छ अनि होल्ड गर्नू, हामी आउँदै छौँ।' मल्ल र खरेल ठमेलबाट त्रिभुवन विमानस्थल पुग्दा जुनी लामालाई गोविन्द आचार्यले विमानस्थल भन्सार कार्यालय अगाडि ट्रलीमा समान राखेकै अवस्थामा रोकेका थिए।

मल्ल पुग्नासाथ लामाको लगेज खोले। लगेजमा दुई किलो ४०० ग्राम खैरो हिरोइन फेला पारे। उनलाई लाग्यो, लामा एक जना मात्रै छैन, अरू पनि लागुऔषधसहित आएका हुनुपर्छ। उनले अनुसन्धान बढाए। लामासँग दुई जना नाइजेरियाली नागरिक पनि आएको सूचना पाए। सूचना प्राप्त हुँदासम्म उनीहरू विमानस्थलबाहिर निस्किसकेका थिए।

विमानस्थलमा हल्ला फैलियो। नाईजेरियालीहरूलाई हल्लाकै भरमा ट्याक्सी चालकले विमानस्थलको बाहिरबाट समातेका थिए। मल्लले घटना सम्झे। यो उनले प्रहरी अधिकृतको रूपमा गरेको पहिलो सफल अनुसन्धान थियो। त्यही घटनाबाट प्राप्त मनोबलले आफू अझ अनुसन्धान अधिकृतको रूपमा स्थापित हुन सहयोग पुगेको उनको भनाइ छ।

जुनी लामा र दुई जना नाइजेरियाली खैरो हिरोइनसहित पक्राउ परेपछि नेपाल लागुऔषधको ट्रान्जिट हुने गरेको खुलेको मल्लको बुझाइ छ। त्यही मुद्दामा लामालाई काठमाडौं जिल्ला अदालतले १८ वर्ष कैद सजाय तोकेको थियो। दुई जना नाइजेरियालीलाई भने धरौटीमा छाडेको मल्लले बताए।

‘अफिसमै बोलाएर कुरा गरेँ। सक्ने सहयोग गर्ने विश्वास दिएँ। मेरो प्रहरी अधिकृतको रूपमा काम गरेको पहिलो घटना थियो’, उनले थपे ‘अपराध गर्छन्। जेल बस्छन्, छुट्छन्। कति समातिए होलान्। तर जेल मुक्त भएपछि सम्पर्कमा आएका जुनीसँग अहिले पनि सम्पर्क हुन्छ। अहिले लामाले राम्रैसँग जीवन बिताइरहेका छन्।'

जुनी लामाको कल

मल्लले डिएसपी हुँदा पहिलोचोटि अनुसन्धानमार्फत् समातेका व्यक्ति हुन्, जुनी लामा। उनी खैरो हिरोइनसहित त्रिभुवन विमानस्थलमा पक्राउ परेका थिए। सोही मुद्दामा २१ वर्षीया लामा १८ वर्ष जेल चलान भए। मल्लले आफ्नो अपराध अनुसन्धान करियरलाई तिखार्दै गए।

‘अफिसमै बोलाएर कुरा गरेँ। सक्ने सहयोग गर्ने विश्वास दिएँ। मेरो प्रहरी अधिकृतको रूपमा काम गरेको पहिलो घटना थियो’, उनले थपे ‘अपराध गर्छन्। जेल बस्छन्, छुट्छन्। कति समातिए होलान्। तर जेल मुक्त भएपछि सम्पर्कमा आएका जुनीसँग अहिले पनि सम्पर्क हुन्छ। अहिले लामाले राम्रैसँग जीवन बिताइरहेका छन्।' भर्खर मात्र डिल्लीबारमा लामासँग भेट भएको बताउँदै मल्लले भने, 'गाडीमा सामान ढुवानी गर्ने काम गर्दा रहेछन्। यो क्षण मेरो जीवनको कहिल्यै नभुल्ने क्षण बनेको छ।

'त्यसबीच उनले धेरै सफल अनुसन्धान गरे, विभिन्न मुलुक पुगे। जब सिआइबी प्रमुख भएर ०७१ सालतिर कार्यालयमा बसेका थिए, त्यही बेला एक दिन उनको मोबाइलको घण्टी बज्यो। मोबाइलमा नम्बर सेभ थिएन। 'हेलो' भन्नासाथ उताबाट भनेको सुनियो- 'हेलो सर, नमस्ते! म जुनी लामा, चिन्नुभयो? जेल बाट केही दिनअघि निस्केँ। गल्ती गरेको थिएँ। सजाय भोगेँ। अब नयाँ जीवन सुरु गर्छु। सरबाट सहयोगको आशा गरेको छु।' लामाको यो वाक्याले मल्लको मन छोयो।

आर्थिक अभावका सिकार  

पाकिस्तानको कराँची विमानस्थल हुँदै हङकङ जाने बेला पक्राउ परेका एक नेपाली युवती हुन् वा जुनी लामा, उनीहरू जस्तै लागुऔषध मुद्दामा विदेशी भूमि वा नेपालमै जेल जीवन भुक्तान गरिरहेका धेरै नेपाली आर्थिक अभावकै कारण पैसाको लोभमा भरिया बन्ने गरेको डिआइजी मल्लको भनाइ छ। यसमध्ये पनि काठमाडौं आसपासका जिल्लाका युवायुवती बढी पैसाको लोभमा पर्ने गरेको उनको बुझाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.