|

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकामा विशेष आर्थिक क्षेत्र (सेज) स्थापनाको लागि जमिनको अवलोकन तथा अध्ययन गरिएको छ। शनिबार विशेषआर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट, प्रतिनिधि सभा सांसद कल्याणी खड्का, नेकपाका केन्द्रीय सदस्य युवराज भट्टराई तथा चन्द्रपुर नगरका जनप्रतिनिधिहरू लगायतको टोलीले चन्द्रपुर नगरपालिका ७ र ८ मा पर्ने बैतौना नजिकैको जमिन अवलोकन गरेका हुन्।

नेपाल सरकार उद्योग बाणिज्य आपूर्ति मन्त्रालय, विशेष आर्थिक क्षेत्र प्राधिकरणको आयोजनामा रौतहटको चन्द्रपुरमा सेज स्थापना गर्ने लक्ष्यले सो क्षेत्रको स्थलगत अवलोकन गरेको सांसद कल्याणी खडकाले बताइन्। यसैबीच सो अवलोकनपछि चन्द्र निगाहपुरमा विशेष आर्थिक क्षेत्र स्थापनाको लागि सम्वन्धित सरोकारवाला निकायसँग सो टोलीले अन्तरक्रिया समेत गरेको छ।

अन्तरक्रियामा बोल्दै विशेषआर्थिक क्षेत्र प्रधिकरणका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ठले विशेष आर्थिक क्षेत्रका लागी रौतहट सम्भवनाको अध्ययन भइरहेको बताए। लगानी कर्तालाई निर्यातमूलक उद्योगमा लगानी गर्न आकर्षित गर्ने, विदेशी पुँजी तथा यन्त्रीक उपकरण भित्र्याउन, आर्थिक समृद्ध ल्याउन, रोजगारीको सिर्जना गर्नका लागी सेजको आवश्यक्ता रहेको उनले बताए। भैरहवा, सिमरा, पाँचखाल, बिराटनगर, गोर्खा, जुम्ला लगायतका स्थानमा स्थापनाको प्रक्रियामा रहेको कार्यकारी निर्देशक भट्टले जानकारी दिए।

रौतहटको यमुनामाई गाउँपालिको झन्खुनवामा स्थापनाका लागि स्थलगत अध्ययन गरे पनि त्यस स्थानमा जग्गा प्राप्तिका लागि सहज नभएपछि चन्द्रपुरमा सेज स्थापनाको लागि पहल सुरु भएको हो। कार्यक्रममा प्रतिनिधि सभा सदस्य कल्याणी खड्काले सरकारले आर्थिक समृद्धिका लागि सेज स्थापनाको लागि आफू प्रतिबद्ध रहेको पनि बताएकी छिन्। यसैगरी नेकपाका युवा नेता तथा केन्द्रीय सदस्य भट्टराईले चन्द्रपुरमा सेज स्थापना गर्न सक्रिय भएर लागि पर्ने बताएका छन्। नगरवासीको आर्थिकस्तर बृद्धि गर्नका लागि पनि सेज स्थापना आफ्नो उद्देश्य नै भएको युवा नेता भट्टराईले बताए।

युवा नेता भट्टराई तत्कालीन नेकपा मओवादीको तर्फबाट नगर प्रमुखका प्रत्यासी हुन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.