|

पाकिस्तानले त्रिदेशीय ट्वान्टी २० क्रिकेटको उपाधि जितेको छ। फाइनलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै पाकिस्तानले उपाधि जितेको हो। 

जिम्बाबेको हरारेमा अष्ट्रेलियाले दिएको १८४ रनको लक्ष्य पाकिस्तानले ४ बल बाँकी छँदै ४ विकेट गुमाएर भेट्टायो। पाकिस्तानको जितमा फकर जमानले ९१ र सोएब मल्लिकले नटआउट ४३ रन बनाए। पहिलो ओभर मै २ विकेट गुमाएको पाकिस्तानको स्कोर ४७ रन हुँदा अर्को विकेट झरेको थियो। जमान र मल्लिकले चौथो विकेटका लागि १०७ रनको साझेदारी गरेपछि पाकिस्तानलाई जित सहज भएको थियो। 

टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धाति ओभरमा ८ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो। डी–एर्सी सर्टले ५३ बलमा ७६ र क्याप्टेन एरोन फिन्चले २७ बलमा ४७ रन बनाएका थिए। पहिलो विकेटका लागि ९ ओभर ५ बलमा ९५ रनको साझेदारी गर्दै सर्ट र फिन्चले गतिलो सुरुवात दिलाएका थिए। बलिङ तर्फ पाकिस्तानका मोहमद आमिरले ३ र सदाव खानले २ विकेट लिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.