|

भारतमा माछामा क्यान्सर उत्पादन गर्ने रसायन प्रयोग गरिएको पाइएको छ। 

माछालाई ताजा राख्नका लागि  फार्मल्डेहाइड नामक रसायन प्रयोग गरिएको पाइएको हो। तामिलनाडुको जयललिता मत्स्य विश्वविद्यालयका वैज्ञानिकहरुले चेन्नाईका दुई सहरहरूमा गरेको परीक्षणमा माछामा क्यान्सर जस्तो खतरनाक रोग लाग्न सक्ने रसायन प्रयोग गरिएको पाइएको जनाएका छन्। 

भारतीय समाचार संस्था द हिन्दुका अनुसार  विश्वविद्यालयले परीक्षण गरेका विभिन्न जातिका ३० माछा  मध्ये ११ वटामा  उक्त रसायन प्रयोग गरेको पाएका हुन्।  माछालाई ताजा राख्नका लागि उक्त रसायन प्रयोग गरिएको भारतीय खाद्य सुरक्षा मन्त्रालयले जनाएको छ। उक्त माछाको प्रयोगले आखा, घाटी र पेट पोल्ने समस्या हुने र क्यान्सरलाग्न सक्ने जनाएका छन्। 

भारतीय खाद्य सुरक्षा पा्रधिकण (एफएसएसएआइ)का अघिकारीका अनुसार यो रसायनले माछा बजारलाई दुषित गरेको बताएका छन्। भारतका मत्यपालन मन्त्री डी जयुकुमारले परीक्षणलाई अब देश व्यापी बनाइने र यसको प्रयोग गरेको पाइएमा कारबाही गरिने प्रतिवद्धता जनाएका छन्। उनले भने ‘हामी परीक्षणको प्रक्रियामा रहेका छौ, दोषी पाइएमा कारबाही गर्ने छौं।’ 

परीक्षणमा माछाको दुई टुक्रा मासु लिइएको थियो। माछाको परीक्षण गर्दा पहेँलो रंगको खतरनाक रसायन निस्किएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.