|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको नियमावलीलाई अनुमोदन गरेको छ।

कार्यदलले स्थायी समितिको सुझावसहित परिमार्जन गरेको नियमावलीलाई बुधबार बिहान बसेको पार्टी सचिवालय बैठकले अनुमोदन गरेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नियमावली अनुसार सबै पार्टी कमिटी र जनवर्गीय संगठनहरुको सांगठनिक एकीकरणको आवधिक कार्य योजना बनाउन तत्काल सचिवालयको अर्को बैठक बोलाउने निर्णय पनि गरेको छ।

पार्टीका सबै कमिटी र जनवर्गीय संगठनहरुको एकीकरणको कामलाई तीब्रता दिने गरी नियमावलीमा आधारित भएर आवधिक कार्ययोजना तत्काल बनाउने निर्णय पनि गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

पार्टीका नेताद्धय बामदेव गौतम र रामबहादुर थापा तथा महासचिव विष्णु पौडेल रहेको कार्य दलले तयार पारेको सो नियमावली तत्काल प्रकाशन गरी सबै पार्टी कमिटीहरुमा पठाउने निर्णय पनि सचिवालय बैठकले गरेको छ। नियमावलीमा दुई पार्टीको जनवर्गीय संगठनहरुको एकीकरण गर्दा एउटालाई अध्यक्ष र अर्को संगठनलाई सचिव दिनेगरी एकीकरण गर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी प्रदेश संगठनको हकमा संयोजक र सचिव मात्रै पदाधिकारी रहने व्यवस्था गरिएको छ। दुवै कमिटीका केन्द्रिय सदस्यहरुलाई मिलान गरेर एकीकृत केन्द्रिय समिति बनाउने व्यवस्था गरिएको छ। जनवर्गीय संगठन र कमिटीहरुको एकीकरण गर्दा दुवै संगठनका नेताहरुको सुझावलाई मूल आधार बनाउने पनि नियमावलीमा उल्लेख गरिएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.