|

चितवन : चितवनमा बिहीबार प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका-१ स्थित पोखरा बसपार्कबाट पक्राउ पर्नेमा तनहुँ जिल्ला देवघाट गाउँपालिका-५ का ३० वर्षीय दीपक गुरुङ र सोही ठाउँका २७ वर्षीय  ईश्वर भुजेल रहेको चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए।

बिहीबार साँझ ४:४० बजेको समयमा शंकास्पद अवस्थामा बा ६७ प ६७०६ नम्बरको स्कुटरमा हिँडिरहेका बेला चेकजाँच गर्दा डाईजेपाम २५ एम्पुल, ब्रुफिन २५ एम्पुल र फेनारगन २५ एम्पुल फेला पारिएको प्रहरीले जनाएको छ।

सोधपुछका क्रममा ईश्वर भुजेलको समेत संलग्नता रहेको पाइएपछि दुवैलाई पक्राउ गरी लागुऔषध (नियन्त्रण) ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालिएको छ। प्रहरीले लागुऔषध ओसारपसार, संचय, बिक्रीवितरणलगायतका कार्यहरू गैरकानुनी भएकोले गाउँवरपर यस्ता गतिविधि देखिए सूचना दिनसमेत अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.