|

जुम्ला : १४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ। मस्तिष्कमा देखिएको समस्या कारण उनी छिनछिनमा अर्धचेत हुने गरेको जानकारी सहयोगी डा. जीवन क्षेत्रीले दिएका छन्।

क्षेत्रका अनुसार डा. केसीको मस्तिष्कमा रक्तसञ्चार राम्रोसँग हुन नसकेका कारण यस्तो समस्या आएको नागरिक दैनिकमा समाचार छ। डा. केसीको शरीरमा अक्सिजन र ग्लुकोजको मात्रा पनि कम हुँदै गएको छ। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अनशनरत डा. केसीमा छाती दुख्ने, कमजोरीले चक्कर लाग्ने, वाकवाकी हुन, पेट दुख्ने, पिसावमा बढी किटोनजस्ता समस्या देखिएको जानकारी क्षेत्रीले दिए। डा. केसीमा संक्रमणको खतरा पनि देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.