|

सिन्धुली : फिक्कल गाउँपालिकाका गर्भवतीलाई प्रसूती सेवाका लागि स्वास्थ्य संस्था जान नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको छ। गाउँपालिकाले सोमबार पहिलो पटक एम्बुलेन्स सेवा सुरु गर्दै गाउँपालिकाका गर्भवतीलाई प्रसूती सेवाका लागि गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरसम्म जाँदा भाडा नलिने निर्णय गरेको हो।

प्रसूतीका लागि गाउँपालिकाबाहिरका स्वास्थ्य संस्थामा लानु परेमा पनि एम्बुलेन्स भाडा ५० प्रतिशत छुट गर्ने निर्णय भएको फिक्कल गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता राजु बरालले जानकारी दिए। त्यस्तै, गाउपालिकाका ८० वर्ष उमेर पुगेका वृद्धवृद्धालाई उपचारका लागि स्वास्थ्य संस्थासम्म लैजान एम्बुलेन्स भाडा ५० प्रतिशत छुट गर्ने निर्णय समेत गरेको छ।

गाउँपालिकाले करिब १२ लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरी सेवा सुरु गरेको छ। सिन्धुलीको विकट गाउँपालिकाको रुपमा रहेको फिक्कल गाउँपालिकामा एम्बुलेन्स सेवा सुरु भएसँगै स्थानीयमा खुसी छाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.