|

बर्दिया :   बर्दियाको बढैयाताल गाउपालिका वडा नं.२ सितापुरबाट प्रहरीले हतियार सहित दुई जनालाई  पक्राउ गरेको छ। 

प्रदेश पाँच प्रहरी कार्यालय तुल्सीपुर दाङ र ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको प्रहरी टोलीले सोही ठाँउ सितापुर बस्ने २६ बर्षीया खुम बहादुर थापा र २७ बर्षीया खड्क बहादुर सुनारलाई पक्राउ गरेको हो। 

पक्राउ परेका थापा र सुनारसँग १२ बोरको बन्दुक १ थान र सोही बन्दुकमा लाग्ने गोली २ राउण्डसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। आईतबार पक्राउ परेको निजहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालय गुलरिया बर्दियाबाट १० दिन को म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको हो।   

साथै बर्दिया जिल्ला बढैयाताल गाउपालिका वडा नं.१ बस्ने डम्बर बहादुर खड्काको घरबाट भरुवा बन्दुक १ थान फेला पारी रितपूर्वक बरामद गरी निजको खोजतलास तथा अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक युवराज खड्काले जानकारी दिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.