|
फोटो : कुशल घतानी राई

काठमाडौं : राजधानीका २० वटा हलहरूमा ई टिकेटिङ सिस्टम, बक्स अफिस प्रणाली लागू भएको छ। साउन १ गते मंगलबारदेखि राजधानीका ११ वटा मल्टिप्लेक्स र ९ वटा सिंगल थिएटर गरी २० वटा हलहरुमा बक्स अफिस प्रणाली लागू भएको हो।

चलचित्र विकास वोर्ड, चावाहिलमा सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाको प्रमुख आथित्यमा बक्स अफिसको उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा बोल्दै मन्त्री बाँस्कोटाले असार मसान्तभित्र राजधानीबाहिरका हलहरूमा पनि बक्स अफिस लागू गरिने बताएका छन्। उनले भने, ‘राजधानीबाहिरका हलमा पनि हामी छिट्टै जाँचमा जानेछौँ र त्यहाँ पनि बक्स अफिस लागू गर्नेछौँ।’

उनले अब फिल्मको व्यापार पारदर्शी हुने भन्दै निर्माताहरूले अब आफ्नो व्यापार सजिलै थाहा पाउने र राज्यले पनि कर पाउने बताए।  'अब निर्माताले घर-घडेरी डुबाउनु पर्ने दिन आउने छैन र कलाकारले आफ्नो मिहिनेतको पारिश्रमिक पाउनेछन्’, उनले भने ‘राज्यलाई कर छल्ने प्रवृत्ति अन्त्य भएको छ। अब भने फिल्म क्षेत्र निकै राम्रो हुनेछ।' 

मन्त्री बाँस्कोटाले विदेशी विज्ञापन पनि बन्द गर्ने पनि घोषणा गरेका छन्। विदेशी कलाकार राखेर नेपाली भाषामा तयार गरिएको विज्ञापन अब बन्द हुने उनको भनाइ छ।

मंगलबार गरिएको सो कार्यक्रममा फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो। बक्स अफिस लागू भएकोमा प्राय: फिल्मकर्मीहरूमा खुसी देख्न सकिन्थ्यो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.