|

जुम्लाः साउने संक्रान्तीका दिन जुम्लालगायत कर्णाली अञ्चलभरीका अधिकांस क्षेत्रमा राँका बाल्ने चलन छ।

राँका बाल्ने चलनलाई जुम्लामा सबैभन्दा बढी महत्त्व दिइने संस्कृतिविधहरूले बताउने गरेका छन्। पुराणअनुसार हनुमानले आजैको दिन लंका जलाएको धार्मिक विश्वास रहदै आएको छ भने अर्को तर्फ कण्डार नामक राक्षसको पूजाआजा गरेमा लुतो विफोर जस्ता चर्म रोगहरू निको हुने पनि विश्वास रहदै आएको छ।

यस्तै सांस्कृतिक मान्यताअनुसार साउन महिनालाई रोगव्याधिको हिसाबले कालो महिनाको रूपमा लिने गरिन्छ। परापूर्व कालमा यस क्षेत्रमा विभिन्न महामारीले बालकालिकाको मृत्यु अत्यधिक हुने भएकाले राँको बालेर दुःख बिर्सने चलन बसेको संस्कृतिविद् रमानन्द आचार्यको भनाई छ।

साउने संक्रान्तीलार्इ लिएर जुम्लामा विभिन्न किम्बदन्ती प्रचलित छन्। जुम्ला राज्यका राजा बलिराजले आफ्नो विजय उत्सव मनाउन राज्यभरी राँका बाल्न लगाएकाले पनि आजको दिन राँका बाल्ने चलन बसालिएको जनविश्वास रहिआएको छ।

साउने संक्रान्तीको साँझपख हुने बित्तिकै जुम्लाका गाउँहरू आगोले झिलिमिली पारिन्छ। कर्णाली प्रदेशका संस्कृतिविद् आचार्यका अनुसार साउने संक्रान्तीलाई खस संस्कृतिको प्रमुख पर्वको रूपमा मानिएको छ। जसरी देशभरीका अन्य समुदायको विशेष पर्वलाई सरकारले महत्त्व दिएको छ त्यसरी नै साउने संक्रान्तीलाई खस संस्कृतिको मुख्य चाडको रूपमा स्वीकारी सार्वजनीक विदा दिनुपर्नेमा उनको जोड रहेको छ।

जुम्लीको साउने संक्रान्ती डा केसीको पक्षमा

साउने संक्रान्तिको अवसर पारी संयुक्त संघर्ष समिति जुम्लाले जुम्लाको कृष्णमन्दिरमा राँका बालेर डा गोविन्द केसीको समर्थन गरेको छ। सोही स्थानमा दैनिकजसो दीप प्रज्वलन गर्दै आएको नागरिक समाज जुम्लाको अगुवाइमा संयुक्त संघर्ष समितिले सरकारको विरोधमा दैनिक प्रदर्शन गर्दै आएको थियो। सरकारलाई डा केसीका मागप्रति झुकाएरै छाड्न हर सम्भव गतिविधि गर्ने संयुक्त संघर्ष समिति जुम्लाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.