|

जुम्ला : चिकित्सा शिक्षा सुधारको माग राखी विगत १९ दिन देखि अनशनरत प्रा.डा गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक अवस्थामा पुगेको छ। सुविधा सम्पन्न आइसियुमा राखेर डा. केसीको उपचार गरिनुपर्ने आवश्यक्ता रहेको भए पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उक्त सेवा हाल उपलब्ध छैन। सरकारको बेवास्ताका कारण डा. केसीको ज्यान जान सक्ने उनका समर्थक चिकित्सकहरूले चिन्ता गरेका छन्। सरकारले पटकपटक वार्ता गरेजस्तो गरेर आलटाल गरिरहेको डा. केसीको अभियानमा संलग्न डा. विशोक दाहालले भने।

सास फेर्न धेरै गाह्रो भएपछि उनी बेलाबेलामा अत्तालिने गरेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। ‘डा. केसीको श्वासप्रश्वासमा निकै जटिलता देखिएको हुँदा अक्सिजनको मात्रा बढाएपछि उनको अवस्था केही सामान्य बनेको चिकित्सकको भनाइ छ। विगत १० दिनदेखि मुटुको चाल बढ्दो क्रममा छ। मुटुको चाल बढ्नु डा. केसीका लागि ठूलो खतरा रहेको चिकित्सकहरूले बताएका छन्। केसीलाई सास फेर्न समस्या भएपछि उनी छटपटाउने गरेको उनका सहयोगी विशोक दाहालले बताएका छन्। केसीलाई स्लाइन चढाइएको हातमा संक्रमण देखिएको छ।

घाँटीमा देखिएको संक्रमणसमेत बढ्दो क्रममा रहेको सहयोगी दाहालले बताएका छन्। केसीले कुनै पनि औषधि लिन नमानेका कारण स्वास्थ्य समस्या जटिल बन्दै गएको हो। शरीरमा पोटासियमको कमी भएसँगै पेटका मांसपेशीमा पनि असाधारण परिवर्तनहरू आउन थालेको छ। ‘जसका कारण पेट दुख्ने, वाकवाकी लाग्ने जस्ता समस्या बढी देखिन थालेको डा केसीका सहयोगीले जानकारी दिएका छन्।

आकस्मिकबाहेक देशभरका स्वास्थ्य संस्थामा सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.