|

बुटवल : प्रदेश सरकारका लागि चाहिने कानुन, कार्यविधि, संरचना निर्माण र जनशक्ति व्यवस्थापनलाई मुख्य लक्ष्य लिएको प्रदेश ५ सरकारको गत आर्थिक वर्षको अधिकांश बजेट खर्च हुन सकेन।

३० चैतमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री एव् मुख्यमन्त्री शंकर पोखरेलले एक अर्ब पाँच करोड दुर्इ लाख रुपैयाँको बजेट ल्याएका थिए।

सरकारले तीन महिनामा गर्ने भनेका काम संरचना अभावका कारणले अघि बढ्न नसकेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतम बताउँछन्।

‘बजेट त ल्याइयो तर हामीसँग त्यो बजेट खर्च गर्नका लागि संयन्त्र नै थिएन, हामीले गर्न सकेका केही कामहरू गर्‍यौं,' सचिव गौतम भन्छन्–'मन्त्रालयहरु मात्रै भएर बजेटअनुसार काम गर्न सकिदैन, तिनका महाशाखाहरु र बजेट कार्यान्वयन गर्ने इकाइहरु नै भएनन्।’

उनका अनुसार आर्थिक वर्ष २०७४/७५ को बजेटमध्ये १९ करोड ३० लाख ५३ हजार रुपैयाँ मात्रै खर्च भएको छ। यो कुल बजेटको १९ प्रतिशत हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.