|

  • रतन नेपाली

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीले गोली चलाएको छ। २० दिनयता डा. गोविन्द केसीको अनशनस्थल बनेको प्रतिष्ठानमा केसी समर्थक र प्रहरीबीच झडप भएपछि बिहीबार गोली चलेको हो। गोलीबाट एक प्रहरी जवान नै घाइते भएका छन्।

डा. केसीलाई काठमाडौं लैजानका लागि सेनाको हेलिकोप्टर आएपछि स्थानीय विरोधमा उत्रिएका थिए। उनीहरूले केसीलाई काठमाडौं लैजान नपाइने र जुम्लामा नै वार्ता हुनुपर्ने भन्दै विरोध गरेका थिए। यसरी विरोध गर्नेमा स्थानीय जनता, विद्यार्थी लगायत थिए।

गोली प्रहरी जवान कमल आचार्यको छातीमा लागेको र उनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ। उनको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिठानमा नै भइरहेको छ। झडपमा अन्य दर्जनौंको संख्यामा घाइते भएका छन्।

अस्पताल परिसरमा अन्दाधुन्द लाठीप्रहारका साथै दर्जनौँ सेल अश्रुग्यास प्रहार भएको थियो।  

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै २० दिनयता अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर बनेपछि सरकारले जबर्जस्ती काठमाडौं ल्याउन सेनाको हेलिकोप्टर पठाएको थियो। केसीलाई मनाउन र अवस्था सामान्य बनाउन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कानुनमन्त्री नरेश भण्डारी लगायतका व्यक्ति जुम्ला पुगेका थिए।

केसीलाई आजै काठमाडौं ल्याउने तयारी भइरहेको छ। उनी काठमाडौं आउन राजी भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.