|

  • रतन नेपाली

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनयता अनशनमा रहेका डा. गोविन्द केसीले सेनाको हेलिकोप्टरमा काठमाडौं नआउने बताएका छन्।

उनले राज्यले प्रतिष्ठानमा रक्तपात मच्चाएको भन्दै आफू त्यो देख्न नपाउने भनेर काठमाडौं फर्किन राजी भएका हुन्। यसअघि उनले काठमाडौंमा नभइ जुम्लामा नै वार्ता गर्नुपर्ने बताएका थिए।

केसीले जुम्लामा पत्रकार सम्मेलन बोलाएका छन्। उनले आफ्ना केही कुरा राखेर काठमाडौं फर्किने बताए।

प्रहरीले भने केसीलाई सेनाकै हेलिकोप्टरमा लाने प्रयास गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.