|

कञ्चनपुर : नागरिक समाज कञ्चनपुरले महेन्द्रनगर नगर विकास समितिको पूर्व एमाले नेता रणबहादुर महरा नेतृत्व छानबनि उपसमितिको प्रतिवेदन सावर्जनिक गर्नु पर्नेलगायतका विभिन्न मागहरू अघि सारेको छ। समाजका संयोजक भवराज रेग्मीको अध्यक्षतामा बसेको बैठकपछि जारी गरिएको विज्ञप्तिमा महरा प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको हो।

महेन्द्रनगर नगर विकास समितिको जग्गा प्रक्रिया मिचेर लिजमा दिएकोसम्बन्धी छानबिन गर्न महराको नेतृत्वको समिति गठन गरिएको थियो। समितिले गत माघमा प्रतिवेदन तयार गरी नगर समितिलाई बुझाएको थियो।

महेन्द्रनगर नगर विकास समितिले अनियमित रूपमा जग्गा, घडेरी लिजमा दिने कार्य, महाकाली अञ्चल अस्पतालको अस्तव्यस्तता, सुदूरपश्चिममाञ्चल विश्वविद्यालयमा पटक/पटक तालाबन्दीमा नागरिक समाज गम्भीर भएको उल्लेख गरिएको छ। नागरिक समाज कञ्चनपुरको बुधबार बसेको बैठकले विभिन्न पाँच विषयमा छलफल गर्दै सो निर्णय गरेको नागरिक समाजका सहसचिव प्रभुनिधि पन्तले बताए।

उनका अनुसार नागरिक समाजले अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग, नगर विकास समितिको लिजसम्बन्धी तयार पारेको छानबिन प्रतिवेदन सार्वजनिक गर्न समितिसँग माग गर्ने, महाकाली अञ्चल अस्पतालमा आवश्यक डाक्टरको सम्बन्धित निकायसँग माग गर्ने निर्णय गरेको छ।

यसैगरी सुप विश्वविद्यालयलाई व्यवस्थित र नियमित रूपमा संचालन गर्न सम्बन्धित निकायको ध्यानार्कषण गर्ने र बढ्दै गएका हत्याहिंसा, बलात्कार चोरीडकैती जस्ता अपराधिक क्रियाकलापलाई रोकथाम गरी शान्ति सुरक्षा कायम गर्न सरोकारवाल निकायसँग माग गर्ने निर्णय नागरिक समाजले गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.