|

काठमाडौं :  चिकित्सा शिक्षा सुधारका लागि २० दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ। बिहीबार बिहानदेखि डा केसीलार्इ काठमाडौं ल्याउन गरिएको प्रयास साँझमात्रै पूरा भएको हो।

केसीलाई ल्याइएको नेपाली सेनाको हेलिकोप्टर राजधानीको टुँडिखेलमा अवतरण गरेको हो। टुडिखेलमा अवतरण गरेर उनलार्इ शिक्षण अस्पताल महारजगंज लगिएको छ। स्वाश्य क्षेत्रको सुधारको लागि भन्दै १५ औँ पटक अनसनमा बसेका डा. केसी यो पटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनमा बसेका थिए। 

डा केसीको स्वास्थ्य स्थिति गम्भीर भएको भन्दै सरकारले काठमाडौं ल्याउन थालेपछि बिहीबार दिनभर जसो जुम्लामा झडपसमेत भयो। झडपमा क्रममा स्थानीय र आफ्ना समर्थक घाइते हुन थालेपछि केसी काठमाडौं आउन तयार भएका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.