|

काठमाडौं : गम्भीर स्वास्थ्य अवस्थाका बीच जुम्लाबाट काठमाडौं ल्याएका डा गोविन्द केसीलार्इ महाराजगंजस्थित शिक्षण अस्पताल लगिएको छ। विगत २० दिनदेखि जुम्लामा अनशनरत डा केसीको स्वास्थ्यावस्था गम्भीर भएपछि उनको जीवन रक्षाका लागि बिहीबार सरकारले हेलिकोप्टरबाट काठमाडौं ल्याएको हो।

चिकित्सा शिक्षा सुधारका लागि अनशन बसेका डा केसीलार्इ अहिले शिक्षण अस्पतालमा आइसियु लानु पूर्व उनलार्इ यसभन्दा अघि अनशन बस्दै आएको स्थानमा लगिने भएको छ। त्यस्तै यतिबेला शिक्षण अस्पतालमा डा केसीका समर्थक र सर्वसाधारणको ठूलो भीड लागेको छ। सुरक्षाकर्मी पनि ठूलो संख्यामा परिचालन गरिएको छ।

जुम्लामा अनशन बसेका डा केसीलार्इ लामो रसकसीका बीच बिहीबार बेलुकी करिब साढे छ बजे काठमाडौंको टुडिखेलमा अवतरण गरिएको थियो। टुडिखेलबाट उनलार्इ एम्बुलेन्समा हालेर शिक्षण अस्पताल लगिएको हो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.