|

जुम्लाः गत असार ३ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको क्षतिको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै कर्मचारी कल्याणकारी समाज जुम्लाले आइतबार पुनः अपिल गरेको छ।

प्रतिष्ठानका पदाधिकारीहरूप्रति आक्रोस पोखिएको उक्त अपिलमा स्वास्थ्यकर्मी र विद्यार्थीलाई मानव ढाल बनाइएको आरोप लगाइएको छ। प्रतिष्ठानका डाक्टरहरूले नै चिकित्सा शिक्षाको सुधारको माग राख्दै अनशनरत डा गोविन्द केसीको स्वास्थ्य उपचारमा समस्या भएको भनी रिपोर्टिङ गरेकाले सरकारले बलजफ्ती डा केसीलाई काठमाडौं लगेको उक्त अपिलमा जनाइएको छ।

डा केसीलाई भेट्न आएको उच्चस्तरीय सरकारी टोलीलाई विद्यार्थीद्वारा अवरोध गर्न लगाउने र मुठभेटको अवस्था सृजना गर्ने पदाधीकारीहरूलाई घटनाको जिम्मा लिन समेत सुझाइएको छ। गत साउन ४ गते विज्ञप्तिमार्फत चेतावनी दिएको समाजले आइतबार फेरि अपिल मार्फत डा केसीका समर्थकहरूमाथि प्रहार जारी राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.