|

चितवन : जिल्लाको इच्छाकामना गाउँपालिका-३ स्थित मुग्लिन-मलेखु सडकखण्डअन्तर्गत चुम्लिङटारनजिकैबाट शुक्रबमर त्रिशूली नदीमा यात्रुबाहक बस खसेर दुर्घटना भएको छ। काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ना६ख २५०६ नम्बरको बस बिहान दुर्घटना भएको हो।

बसमा ३०/३२ जना यात्रु रहेको अनुमान गरिएको छ। २० जनाको उद्धार गरेर अस्पताल लगिँदै गरेको प्रहरीले जानकारी दिएको छ। उद्धार कार्य जारी छ। बस ६०/७० मिटर तल त्रिशूली नदी किनारमा पुगेको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए।

११:४५ बजेको समयमा त्रिशूलीमा खसेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आफ्नो ट्रकमा बस ठोकिएर खस्यो भनेर ना५ख ७४०९ नम्बरको ट्रकका चालकले जोगिमारामा पुगेर जानकारी गराएकाले सोही ट्रकसँग बस ठक्कर खाएको अनुमान प्रहरीको छ।

तर, यकिन विवरण भने आएको छैन। घटनास्थल मुग्लिनबाट अन्दाजी १५ किलोमिटर काठमाडौंतर्फ पर्छ। अहिले घटनास्थलमा उद्धारका लागि प्रहरी परिचालन गरिएको र बस बीचमा नै अड्किएको जानकारीमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्मबहादुर केसीले जानकारी दिए। मुग्लिनको प्रहरी उद्धारमा खटिएको र अन्य क्षेत्रका प्रहरी पुग्न नसकेकाले यकिन विवरणहरु नआइनपुगेको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले बताए। घटनास्थलमा जिल्लाबाट समेत प्रहरी टोली पठाइसकिएको उनले बताए। 


त्रिशूलीमा बस खस्यो, विस्तृत विवरण आउन बाँकी 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.