|

चितवन : चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित मुग्लिन­मलेखु सडकखण्डअन्तर्गत चुम्लिङटारबाट त्रिशूली नदीमा बस खसेर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ।

मृत्यु हुनेमा चार जना पुरुष, दुई महिला र एक बालक रहेको उद्धारमा खटिएका चितावन प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार मृतकको सनाखत भइसकेको छैन।

उक्त घटनामा १७ जना घाइते भएका छन्। घाइतेमध्ये चारजनाको मनकामना अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै सातजनाको पुरानो मेडिकलमा उपचार हुँदै छ भने चार जनालार्इ पोखरा रिफर गरिएको छ। एक जनाको उपचार मलेखुमा हुँदै गरेको उनले जानकारी दिए।

काठमाडौंबाट पोखरा जान आउँदै गरेको ना ६ ख २५०६ नम्बरको बस, विपरीत दिशाबाट जाँदै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो।

बिहान ११:५० बजे भएको उक्त दुर्घटनापछि ट्रक सडकमै रहेको छ भने बस अन्दाजी ६०/७० मिटर तल त्रिशूली नदी किनारमा खसेको चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए।

अहिले ट्रक चालक भने जोगीमारा प्रहरीको सम्पर्कमा पुगेका छन्। घटनास्थल मुग्लिनबाट अन्दाजी १५ किलोमिटर काठमाडौतर्फ पर्छ। बसमा ३०/३२ जना यात्रु रहेको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.