|

चितवन : मुग्लिन­मलेखु सडकखण्डअन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिका-३ स्थित चुम्लिङटारमा शुक्रबार बस र ट्रक एक आपसमा ठक्कर खाँदा यात्रुवाहक बस त्रिसुलीमा खसेर भएको दुर्घटनामा मृतकको संख्या ८ पुगेको छ। मृतकमध्ये ६ जनाको सनाखत भएको छ।

अन्य १७ जना घाइते भएका छन्।

मृत्यु हुनेमा दुर्इ महिला, पाँच पुरुष र एक बालक रहेको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार मृत्यु भएका मध्ये ६ जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा पाल्पा बेगनास कालिकाका ३२ वर्षका अर्जुन न्यौपाने, तनहुँ भानु ५ बस्ने वर्ष २७ का सुमित श्रेष्ठ, तनहुँकै २७ वर्षीय कमला श्रेष्ठ, काठमाडौंका ३० वर्षीय रविन गुरुङ, तनहुँका ४० वर्षीय बाबुराम तिवारी र भारत घर भएका फिरोज मियाँ रहेका छन्। मियाँको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। 

घाइते मध्ये ६ जनाको भरतपुर मेडिकल कलेजमा, चार जनाको मनकामना अस्पतालमा, एक जनाको मलेखुमा र चार जनालाई उपचारका लागि पोखरा लगिएको प्रहरीले जनाएको छ।

काठमाडौंबाट पोखरा आउँदै गरेको ना ६ ख २५०६ नम्बरको बस, विपरीत दिशाबाट जाँदै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो।

बिहान ११:५० बजे भएको उक्त दुर्घटनापछि ट्रक सडक मै रहेको छ। ट्रक चालक भने जोगीमारा प्रहरीको नियन्त्रणमा छन्। घटनास्थल मुग्लिनबाट अन्दाजी १५ किलोमिटर काठमाडौंतर्फ पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.