|

जुम्ला : गत साउन ३ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको घटनाबाट सात लाख ९४ हजार रुपैयाँ बराबरको क्षति भएको सार्वजनिक भएको छ। प्रतिष्ठानमा अनशन बसेका डा गोविन्द केसीलाई सरकारले काठमाडौं लैजादा प्रहरी र उनका समर्थकबीच झडप भएपछि सो क्षति भएको हो।

प्रतिष्ठानमा भएको घटनाबाट भएको क्षतिको विवरण ढिलो गरी शुक्रबार सार्वजनिक गराइएको छ। अस्पतालको सघन कक्षमा भएको घटनामा ३० कुर्सी, ७ वटा झ्याल र २ वटा ढोका लगायतका अन्य सामाग्रीमा क्षति पुगेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ। प्रतिष्ठानमा भएको घटनाको छानबिनको लागि हिजो नै सात सदस्यीय उच्च स्तरीय छानबिन समिति गठन गरीएको छ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा प्राध्यापक डा. गीताभक्त जोशीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ। छानबिन समितिको सदस्यहरूमा डा.सिनेन्द्रराज उप्रेती, प्राध्यापक डा कृष्णकुमार राई, डा. बाबुराम मरासिनी, डा. देवमान लिम्बू, पत्रकार गोरखवहादुर थापा र सदस्य सचिवमा राजु कटुवाल रहेका छन्।

प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा राजेन्द्रराज वाग्लेको अध्यक्षतामा बसेको बैठकले अस्पतालमा भएको घटनाको सत्य तथ्य छानबिनका लागि छानबिन समिति गठन गरेको जनकारी गराइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.