|

जाजरकोट : विश्वमै दुलर्भ तथा लोपोन्मुख अबस्थामा पुगेको सेतो गिद्धको गुढ जाजरकोटका बारेकोट गाउँपालिकामा फेला परेको छ।बिश्वकै लोपाेन्मुख सुनगिद्ध, चिरकालिज,सेतोगिद्ध, जलेवा जस्ता पन्क्षीहरूको बासस्थानमा जाजरकोट सूचीकृत हुँदै गइरहेको छ।

गतवर्ष भेरी नगरपालिका-११ पुल मटेलामा गुढ लगाएको सेतो गिद्धले उपयुक्त बासस्थान नभएको ठानेपछि रुकुम चौरजहारीको स्यालखोलामा गुढ सारेको पन्क्षी अनुसन्धानकर्ता गोविन्द सिंहले जानकारी दिए। समुन्द्री सतहदेखि ७०० मिटरको उचाइमा रहेको रुकुम चौरजहारी स्यालखोलाको गुढमा सेतो गिद्धले गतवर्ष नै अण्डा पारेर एक बच्चा कोरलेको थियो सिंहले बताए। उनले भने,‘उक्त सेतो गिद्धले यो वर्ष पनि सोही ठाउँमा गुढ लगाएर अहिले अण्डा कोरली रहेको छ।

अनुसन्धानकर्ता सिंहले यसवर्ष उक्त लोपोन्मुख सेतो गिद्धको गुढ बारेकोट गाउँपालिका-९ सक्ला र काप्तीको बिचमा रहेको जंगलमा फेला पारेका छन्। उक्त जंगलमा रहेको सेतो गिद्धको गुढ समुन्द्री सतहवाट १५ सय १४ मिटरको उचाईमा रहेको छ। ७०० मिटरको उचाईमा गुढ भएको सेतो गिद्ध भन्दा १५ सय १४ मिटरको उचाइमा गुढ भएको सेतो गिद्ध निकै सक्रिए भएको अनुसन्धानकर्ता सिंहको भनाई रहेको छ। उक्त जंगलमा गुढ भएको सेतो गिद्धले हिजो-आज भन्दा पहिले नै गुढको अण्डा कोरल्नुको साथै बच्चा उडाइसकेको उनले जानकारी दिए।

सबैभन्दा अग्लो ठाउँमा भेटियो मलाहा हुचिलको गुढ

सबैभन्दा अग्लो ठाउँमा मलाहा हुचिलको गुढ पनि नेपालमै पहिलो पटक जाजरकोटको बारेकोटमा फेला परेको छ। समुन्द्री सहतदेखि १४०० मिटरको उचाइमा मलाहा हुचिलको गुढ फेला परेपछि नेपालमै लाटोकोसेरोको नौलो अभिलेखीकरण भएको छ। बारेकोट गाउँपालिका-९ सक्लामा फेला परेको गुढमा मलाहा हुचिलले अण्डा कोरलेर २ वटा बच्चा उडाइसकेको पन्क्षी अनुसन्धानकर्ता सिंहले बताए।

सिंहले दिएको जानकारीअनुसार हुचिल विज्ञ राजु आचार्यले बारेकोट गाउँपालिमा फेला परेको मलाहा हुचिलको गुढ नै सबै भन्दा अग्लो गाउँमा रहेको गुढ भएको प्रमाणित भइसकेकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.