|

काठमाडौंः सिटिजन्स बैंक इन्टरनेशनलको एफपिओ बाँडफाँट भएको छ। बैंकले एक सय रुपैयाँ आधार मुल्यमा एक सय रुपैयाँ प्रीमियम थपेर चार लाख ६३ हजार ८ सय २६ कित्ता एफपिओ निष्कासन गरेको थियो। ९ करोड २७ लाख रुपैयाँको एफपिओ निस्काशन भएकोमा १३ गुणा बढी आवेदन परेको थियो। सिटिजन्सको निष्काशन तथा विक्रि प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलले शुक्रबार विहान एफपिओ बाँडफाँट गरेको हो। 

४६ हजार ३ सय ७६ जनालाई १० कित्ताका दरले एफपिओ परेको छ भने ६ जनाले ११ कित्ता शेयर पाएका छन्। रितपुर्वकका ६२ हजार ७ सय ९ जनालाई शेयर बाँडफाँट गरिएको हो। १६ हजार ३ सय २७ जनाले शेयर पाएनन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.