|

राजविराज : मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को निधन भएको छ। सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मोहनपुरका २७ वर्षीय यादवको उपचारका क्रममा मंगलबार निधन भएको हो।

काठमाडौँस्थित सिभिल अस्पतालमा यादवको निधन भएको कलाकार भूपेन्द्रकुमार मण्डलले जानकारी दिए।  यादव मधुमेह र रक्तचापको रोगी थिए।

पछिल्लो समय ‘कलंक’ नामक मैथिली चलचित्रको निर्माणमा व्यस्त उनी एक दशकदेखि मैथिली कलाक्षेत्रमा सक्रिय थिए। यादवले एक दर्जनभन्दा बढी मैथिली चलचित्रको निर्देशन तथा अभिनय गरेका छन्।

राधासंग मोहन, जान सन, हिरो तोहर दिवाना, प्रेमरोगलगायत चलचित्र निर्माण गरेका उनले ‘मैथिली खुशी’ युट्युव च्यानलमार्फत् करीब दुई सय मैथिली हास्यव्यंग्य शृंखला निर्माण गरेका छन्। 'यादव रामलाल, फूलमतीया र जनकपुरवालीको नामले मैथिलीभाषी दर्शकबीच चर्चित हुनुहुन्थ्यो', मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादवले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.