|

रौतहट : अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रौतहटको गौरमा चरणवद्ध रूपमा छापा मारेको छ। बिहीबार पनि अख्तियार अनुसन्धान दुरुपयोग आयोग  क्षेत्रीय कार्यालय हेटौँडाको टोलीले नापी अधिकृतलाई घुससहित पक्राउ गरेको छ। नापी कार्यालय रौतहट गौरका नापि अधिकृत धिरेन्द्र कुमार लाललाइ नगद १५ हजार घुस सहित पक्राउ गरेको हो।

नापी अधिकृत लाललाई अख्तियार अनुसन्धान दुरुपयोग आयोग क्षेत्रीय कार्यालयका अनुसन्धान प्रहरी निरीक्षक बेनी माधव पौडेलको नेतृत्वमा आएको टोलीले पक्राउ गरेको थियो। यमुना माइ गाउपालिका ४ का बासिन्दा गणेश ठाकुर लोहारको अंशवण्डा गर्ने क्रममा नापी अधिकृत लालले चार/पाँच दिनदेखि घुस मागेर अल्झाइ रहेपछि अख्तियारलाई गुहारेको स्थानीय सतेन्द्र प्रताप सिंहले बताए। सो कार्यालयले विभिन्न बाहनामा सेवाग्राहीलाई सास्ती दिँदै आएको उनले बताएका छन्।

बुधबार पनि गौरको जुद्ध माबिमा अख्तियारको टोलीले छापा मार्दा सहलेखापाल प्रमोद ठाकुर नगर ४५ हजार घुससहित पक्राउ परेका थिए।

यसैगरी गत असार २२ गते पनि जिल्ला प्राविधिक कार्यालय रौतहटका इन्जिनियर अजय ठाकुरलाई अख्तियारको टोलीले  आफनै कार्यालय बाट नै ४५ हजार नगदसहित पक्राउ पक्राउ गरेको थियो।

त्यसभन्दा अघि तत्कालीन जिल्ला विकाश समितिका स्थानीय विकाश अधिकारी वसन्त भण्डारी, विधुत प्राधिकरण चन्द्रपुर शाखाका सब इन्जिनियर, जनस्वास्थ्य कार्यालयका एचए प्रविण झा लगायतका कर्मचारी नगदसहित पक्राउ परेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.