'आदर्श पुरुषमा शक्ति केन्द्रको प्रयोग'

|

काठमाडौं : वि.सं. २०१७ देखि राजा महेन्द्रले सुरु गरेको निर्दलीय पंचायती व्यवस्थाविरुद्ध २०३६ सालमा देशभर विद्यार्थी आन्दोलन चर्किएको थियो। २०२७ सालमा स्थापना भएको कांग्रेस भ्रातृसंगठन नेपाल विद्यार्थी संघले देशभर आन्दोलन तताइरहेको थियो।

सरकार जसरी पनि आन्दोलन निस्तेज गर्ने पक्षमा थियो त्यो बेलासम्म। दिनदिनै नेविसंघका कार्यकर्ता पक्राउ पर्नु र जेलमा कोचिनु नौलो कुरा थिएन। वाककला निपूर्ण रहेका नेविसंघ नेता चन्द्र भण्डारी विभिन्न कार्यक्रममा भाषण तथा प्रशिक्षण दिँदै हिँड्थे।

यही समयमा भएको एउटा घटना उनको मनसपाटलमा धेरै आइरहन्छ। उनको भाषामा त्यो थियो- 'पीडा भुल्न गरिएको नराम्रो काम।' गुल्मीमा नेविसंघको कार्यक्रममा सम्बोधन गर्दै गर्दा चन्द्र भण्डारीसहितका केही नेता कार्यकर्ता पक्राउ परे।

२०१८ सालमा जन्मिएका भण्डारी १८ वर्षको उमेरमा ३६ दिनसम्म हिरासतमा बसे। २०३६ सालमा गुल्मीमा गरिएको एक कार्यक्रमबाट उनलाई प्रहरीले पक्राउ गर्‍यो र हिरासतमा राख्यो। चन्द्र सम्झन्छन्, 'हिरासतमा प्वाल थिएन। झ्याप्प हेर्दा नदेखिने खालका केही साना प्वाल थिए। आपराधिक क्रियाकलपामा संलग्न कैदीहरूलाई पनि सँगै राखिएको थियो। दिशा पिसाब सबै त्यहीँ हुन्थ्यो।'

उनलाई हिरासतभित्र ठेडुकामा राखिएको थियो तर उनलाई सबैभन्दा बढी पीडा भने हिरासतमा आउने गन्धको थियो। गन्ध हटाउनका लागि उनले आफूले जाने सुनेका धेरै उपाय गरे तर गन्ध हटेन। कपुर पिसेर छरेपछि कम हुने आशामा त्यो काम पनि गरे तर झन खपिनसक्नु भयो। त्यसपछि नचाहेर पनि चुरोट पिउन सुरु गरेको बताउँछन् भण्डारी।

पहिलो संविधानसभाबाट निर्वाचित भएपछि देशमा चारवटा कम्युनिस्ट प्रधानमन्त्री भएको र संविधान दिन नसकेको सवालमा दोस्रो संविधानसभाबाट आएको पहिलो सरकारकै पालामा देशले संविधान पाउनु र त्यसको नेतृत्व कोइरालाले गर्नु उनको ऐतिहासिक सफलता भएको भण्डारीको बुझाइ छ। 

'पीडा भुल्नका लागि कहिलेकाहीँ आफूलाई गर्नुहुँदैन गलत हुँदै छ भन्ने काम पनि गर्नुपर्दोरहेछ। यस्तो अवस्था हिरासतमा आयो', भण्डारीले भने। भण्डारीले हिरासत बसाइमा पिएको चुरोट बिर्सन निकै गाह्रो भएको छ।

उनले राजनीतिक उतारचढाव र आफ्नो व्यावाहरिक जीवनमा पनि यो कुरा सम्झिरहने बताउँछन्। त्यो पुस्ताले भोगेको यातना अब भोग्नु नपर्ने पनि भण्डारीको बुझाइ छ।

जान्न मन लागेको एक कुरा

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका भण्डारीलाई आफ्नो राजनीतिक करियरमा देखेको एउटा घटनाले पनि अध्ययनका लागि झकझकाइरहेको छ। त्यो हो- दोस्रो पटक सुशील कोइरालाले प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराएको सन्दर्भ।

उनले आदर्श पुरुषका रूपमा लिएका तत्कालीन कांग्रेस सभापति कोइरालाको दोस्रो पटकको उम्मेदवारी शक्ति केन्द्रले उनलाई असफल बनाउन रचेको योजना भएको बुझेका छन्। पहिलो संविधानसभाबाट निर्वाचित भएपछि देशमा चारवटा कम्युनिस्ट प्रधानमन्त्री भएको र संविधान दिन नसकेको सवालमा दोस्रो संविधानसभाबाट आएको पहिलो सरकारकै पालामा देशले संविधान पाउनु र त्यसको नेतृत्व कोइरालाले गर्नु उनको ऐतिहासिक सफलता भएको भण्डारीको बुझाइ छ। तर उनको दाबी छ कि कोइरालालाई असफल बनाउन दोस्रो पटक प्रधानमन्त्रीको रूपमा उठाइएको थियो।

उनले केपी शर्मा ओली र सुशील कोइराला चुनावी मैदानमा प्रवेश गर्दा ओलीले जित्ने पक्का हुँदाहुँदै पनि कोइरालाको उम्मेदवारी आश्‍चर्यको रूपमा हेरेका छन्। 'परिवार नभएको, सम्पत्तिको नाममा दुईवटा मोवाइल भएको, कुनै कुरामा लोभ नभएको सादगी नेता हुनुहुन्थ्यो सुशील कोइराला', भण्डारीले भने, 'संविधानका पिता भनेर पुज्ने अवस्थामा रहेका कोइरालालाई हार्ने चुनाव उठाइनुको कारण के थियो? राजनीति गर्ने मान्छेले खोज्नै पर्ने प्रश्‍न उब्जेको छ।' उनले आफ्नो राजनीतिक जीवनमा यसको विषयमा यथार्थ पत्ता लगाउने गरी अध्‍ययन सुरु गरिरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.