|

नेपालले १८औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सर्वाधिक पदक अपेक्षा गरेको तेक्वान्दोमा निराशाजनक प्रदर्शन गरेको छ। आइतबारबाट सुरु भएको तेक्वान्दो इभेन्टमा नपाल पुम्सेतर्फ क्वार्टरफाइनलमै सीमित भयो।

महिलातर्फ टिम इभेन्टमा नेपाल विश्व वरीयताको दोस्रो स्थानमा रहेको चाइनिज ताइपेयीसँग समग्रमा ११४.५–१०४.३ को अन्तरले पराजित भयो। नेपालबाट पार्वती गुरुङ, नीता गुरुङ र सिनाले प्रतिस्पर्धा गरेका थिए। पहिलो कर्नरमा नेपालले ७.८५ र दोस्रो कर्नरमा ७.२६ अंक बटुलेको थियो। 

यसअघि प्रि-क्वार्टरफाइनलमा नेपाली महिला टिमले उज्वेकिस्तानबाट वाइ पाउँदै पहिलो पटक क्वार्टरफाइनल स्थान पक्का गरेको थियो। उज्वेकिस्तानका खेलाडी खेलमा ‘डिसक्वालिफाइड’ भएपछि नेपालले अघिल्लो चरणमा सिधै स्थान बनायो। तर सेमिफाइनलमा भने नेपाल विश्व च्याम्पियनसीपमा भाग लिएका खेलाडीविरुद्ध निरीह देखिए।

सन् २००६ पछि पदक जित्ने लक्ष्य राखेको तेक्वान्दोका खेलाडीहरू गत बैशाखदेखि नै दक्षिण कोरियामा प्रशिक्षणरत छन्। एसियाडमा पहिलो पटक समावेश भएको पुम्सको तयारी भने नेपाली खेलाडीले एक महिनाअघिबाट मात्र गरेको जनाइएको छ।

फेन्सिङमा पनि निराश

नेपालले आइतबार नै प्रतिस्पर्धा गरेको अर्को खेल फेन्सिङमा पनि कुनै चमत्कार गर्न सकेन। महिलातर्फको एक मात्र इभेन्टमा कमला श्रेष्ठले मात्र जीत निकालिन्। तर उनी अर्को चरणमा पराजित भइन्।

महिलाअन्तर्गत साव्रे व्यक्तिगत खेलमा कमलाले मंगोलियाकी अरिन्जाया युन्द्रोजलाई ५–० ले हराउँदै अर्को चरणमा प्रवेश गरेकी थिइन् तर अघिल्लो चरणमा जापानकी नोरिका तामुरासँग ५–० ले नै हार्दै प्रतियोगिताबाट बाहिरिन्। त्यस्तै, रविना थापा दिआह प्रर्मासारीसँग ५–० र अर्को खेलमा दक्षिण कोरियाकी जिसु योनसँग ५–० ले स्तब्ध भइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.