|
प्रतीकात्मक फोटो

काठमाडौं : पशुपति आर्यघाटमा राखिएको फलामको मेचमा विद्युत् प्रवाह हुँदा पुष्प गन्धर्वको निधन भएको छ। गन्धर्व हाल काठमाडौं महानगरपालिका–७ मा बसोबास गर्दै आएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार बेलुकी विद्युत् आपूर्ति अवरुद्ध भएका बेला अपरिचित व्यक्तिले तार मेचमा बाँधिदिएको महानगरपालिका-७ का अध्यक्ष शुद्धकुमार डङ्गोलले बताए।

विद्युत् आएपछि मेचमा प्रवाह भयो । खाली मेचमा बस्न पुगेका गन्धर्व विद्युत्को झट्काले बेहोस भएपछि उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारका लागि लगिएको थियो। चिकित्सकले केही समयमै गन्धर्वको निधन भएको घोषणा गरेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।

गन्धर्वको शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको जनाइएको छ। घटनाका सम्बन्धमा छलफल गर्न पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका अधिकारीसहित पीडित परिवार, वडा कार्यालयका प्रतिनिधि र प्रहरीबीच अहिले छलफल भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.