|

इंग्ल्यान्डविरुद्ध पाँच खेलको टेस्ट सिरिज खेलिरहेको भारत तेस्रो टेस्टमा भने राम्रो लयमा देखिएको छ। यसअघि दुई टेस्ट गुमाइसकेको भारतलाई सिरिज बचाउन पनि तेस्रो टेस्ट जित्नै पर्ने दबाब छ।

नोटिंघममा जारी तेस्रो टेस्टको दोस्रो दिन समाप्त हुँदा भारतले २९२ रनको अग्रता बनाएको छ। दोस्रो इनिङ सुरु गरेको भारतले दुई विकेट गुमाएर १२४ रन बनाएको छ।

भारतका चेतेश्वर पुजरा ३३ र कप्तान विराट कोहली अाठ रन बनाएर क्रिजमा छन्। दोस्रो इनिङमा अर्धसतक उन्मुख रहेका शिखर धवन ४४ रनमै आदिल रशिदको स्टंमपिंकको सिकार भए। लयमा देखिएका केएल राहुल ३६ रनमा आउट भए। धवन र पुजराले ५१ रनको साझेदारी गरेपछि भारत केही राम्रो लयमा देखियो।

यसअघि पहिलो पारीमा भारतले ३२९ रनको अग्रता बनाएको थियो । जवाफमा इंग्ल्यान्ड १६१ रनमा अलआउट हुन पुग्यो। इंग्ल्यान्डका लागि जोस बटलरले सर्वाधिक ३७ रन जोड्नु बाहेक अन्यको प्रदर्शन गतिलो रहेन।

इंग्ल्यान्डको पारी ध्वस्त पार्न हार्दिक पांन्डयाले दुई ओभरमा चार विकेट चट्काए। उनले आफ्नो छ ओभरमा पाँच खेलाडीलाई पेभिलियन पठाएका थिए। पाण्ड्याले एकै पारीमा पाँच विकेट लिएको यो पहिलो पटक हो। तेस्रो दिन भारतका चेतेश्वर पुजारा ३३ र विराट कोहली ८ रनको अवस्थाबाट खेल सुरु गर्ने छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.