|

काठमाडौं : आफ्नै कोठामा मृत फेला परेका पूर्वराजदूत केशवराज झाको हत्याको आशंकामा सोधपुछका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। 

सोमबार ८० वर्षीय झाको टाउको र घाँटीमा चक्कुले हानेको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहनकुमार थापाले जानकारी दिए। झाको शव घरमै शंकास्पद अवस्थामा भेटिएकाले अनुसन्धान अघि बढाइएको थापाले बताए। अनुसन्धानकै क्रममा उनको घरमा काम गर्दै आएका सुरक्षा गार्ड सानु तामाङ र माली अमर लामालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

झा बबरमहलस्थित घरमा पत्नी र सहयोगीसहित बस्दै आएका थिए। झाले नेपालको परराष्ट्र क्षेत्रमा ३४ वर्ष सेवाका क्रममा शिष्टाचार महापाल तथा राजदुतको जिम्मेवारी पूरा गरेका थिए। उनी २०४९ सालमा फ्रान्सका लागि नेपाली राजदूत बनेका थिए। काठमाडौं मरुमा पुर्ख्यौली घर भएका झा विश्व सम्बन्ध परिषदका पूर्व अध्यक्ष पनि हुन् ।उनका श्रीमती एक छोरा र एक छोरी छन् । छोरा हाल आयरल्याण्डमा बसोबास गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.