|

काठमाडौं : नायिका वेनिशा हमाललाई फिल्म क्षेत्रकी सुन्दरी नायिकाको रुपमा लिइन्छ। उनले अभिनय गरेका फिल्महरु खासै सफल छैनन्। तर पनि उनी फिल्म क्षेत्रमा नै काम गरिरहेकी छिन्। उनले फिल्महरु पाइरहेकै छिन्। उनले अहिलेसम्म १ दर्जन बढि फिल्ममा अभिनय गरिसकेकी छिन्।

उनी अभिनित पछिल्लो फिल्म 'ब्लाइन्ड रक्स' प्रदर्शनमा आएको थियो। दृष्टि विहिन सृष्टि केसीको रियल कथामा निर्माण भएको उक्त फिल्ममा उनी मुख्य भूमिकामा प्रस्तुत थिइन्। 'ब्लाइन्ड रक्स'बाट उनले उत्कृष्ट नायिकाको उपाधि समेत चुमेकी थिइन्। 

नसोचेको फिल्म क्षेत्र

वेनिशा लाई फिल्म खेल्ने सोच थिएन्। उनलाई सानोमा डक्टर बन्ने मन थियो। तर, पछि उमेरको वृद्धिसँगै इच्छा पनि परिवर्तन भयो। उनलाई डक्टर भन्दा पनि सञ्चारकर्मी भएर आफ्नो आवाज अरुलाई सुनाउने मन भयो। उनी त्यतै लागिन्। वेनिशा ले रोडियो र टेलिभिजनमा प्रस्तोताको रुपमा काम पनि गरिन्।

विस्तारै उनको मोह म्युजिक भिडियो तिर गयो। सुन्दरी वेनिशा लाई आफ्नो म्युजिक भिडियो खेलाउन जो पनि तयार थिए। अफर पनि थिए। त्यसैले पनि उनीमा म्युजिक भिडियो खेल्ने मोह बढ्यो। वेनिशा ले धेरै म्युजिक भिडियोमा काम गरिन्।

वेनिशा ले म्युजिक भिडियोमा काम गर्दा निर्देशक प्रशन्न पौडेलको भिडियोमा पनि काम गरेकी थिइन्। प्रशन्नले फिल्म निर्देशन गर्ने सोच बनाए। स्वर नाम राखिएको उक्त फिल्ममा अभिनय गर्न वेनिशा लाई अफर गरे। वेनिशा ले पनि रहरै रहरमा हुन्छ भनिन्। 'प्रशन्नले फिल्म बनाउने हुनुभएपछि मलाई फिल्म खेल्न भन्नुभयो। मैले खेल्दिम् न त भन्ने भएर हुन्छ भनेको थिए', वेनिशा ले बताइन्।

वर्कसपको पहिलो दिन

फिल्म छायांकनमा जानु भन्दा पहिला नै वर्कसप गरिएको थियो। त्यसैले छायांकनमा त त्यती असहज भएन्। उनी सम्झिन्छिन्, 'सुटिङ अगवै धेरै वर्कसप गरेको हुनाले छायांकनमा त्यती असहज भएन्।'

तर, वर्कसप गर्दाको एक रामाइलो किस्सा छ उनीसँग। वर्कसपको पहिलो दिन थियो। म्युजिक भिडियोमा काम गरेपनि डाइलग डेलिभरीमा वेनिशा लाई समस्या थियो। उनले वर्कसपको पहिलो दिन नै डाइलग बोल्नु पर्ने भयो। सबै नजिकै थिए। बेनिशाले डाइलग लेखिएको पत्र उठाइन्। र नर्भस हुदै डाइलग बोलिन्। सबै जना मज्जाले हासे। 'म्युजिक भिडियोमा काम गरेको मान्छे डाइलग बोल्न त्यती आउँदैन थियो', वेनिशा सम्झिन्छिन्, 'त्यहाँ पहिलो पटक बोलेको थिए, मिलेन होला। त्यही भएर सबै जना हास्नु भयो।'

दुई टेकमा पहिलो सट ओके

वेनिशा लाई फिल्ममा काम गर्न गाह्रो लागिरहेको थियो। कसरी अभिनय गर्ने होला। कसरी डाइलग बोल्ने होला। तर, वर्कसप गरेकाले उनलाई सहज नै भयो। उनले दिएको पहिलो सट दुई टेकमा नै ओके भयो। उनी भन्छिन्, 'सुटिङको पहिलो दिन पहिलो पटक दिएको सट नै दुई पटकमा ओके भयो।'

'स्वर'ले खुलाएको फिल्म बाटो

वेनिशा ले स्वर एकदमै न्युन परिश्रमिकमा गरेकी थिइन्। फिल्म खासै सफल पनि भएन्। उनी स्वरले आफ्नो करियरमा अनुभव मात्र दिएको बताउँछिन्। भन्छिन्, 'स्वरले मेरो करियरमा खासै ठुलो उपलब्धी दिएन। तर मेरो करियरको ढोका खुलाइदिने भनेको स्वर नै हो।'

पहिलो फिल्म असफल भएपनि उनको भने चर्चा नै भयो। उनको काम भन्दा पनि लुक्सको निकै चर्चा भयो। वेनिशा सम्झिन्छिन्, 'स्वरबाट मेरो कामको भन्दा पनि मेरो लुक्सको निकै चर्चा भएको थियो। त्यहीँ फिल्मका कारण अरु फिल्ममा पनि काम गर्ने अवसर पाए।'

फोटो स्रोत: मेरो फिल्म

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.