|

इलाम : नेपाल कम्युनिष्ट पार्टीको जिल्ला कमिटी तथा क्षेत्र र स्थानीय तहका कमिटीको पदीय भागवण्डा टुंगाे लागेको छ। जिल्लामा पार्टी एकता गर्न बनेको कार्य दलले एकताको मोडल र संख्यासहित प्रतिवेदन तयार बनाएर अनुमोदनको लागि भीम आचार्यलाई बुझाएका हुन्।

नेकपाको जिल्ला अध्यक्षमा पूर्व एमालेका उपाध्यक्ष भक्त केसी र सचिवमा पूर्व माओवादीका जिल्ला इन्चार्ज हर्क लावती (कान्छा) सिफारिस भएका छन्। कार्य दलमा नेकपाका केन्द्रीय सदस्य तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सांसद धीरेन्द्र शर्मा, पूर्व एमालेका जिल्ला अध्यक्ष तथा प्रदेश सांसद रामबहादुर राना, पूर्व माओवादीका जिल्ला इन्चार्ज हर्क लावती (कान्छा) रहेका थिए। इलाममा नेकपाको जिल्ला कार्यालयमा ९ जना रहने छन्। त्यसमा ५ जना पूर्व एमालेबाट र ४ जना पूर्व माओवादीबाट रहने छन्। यसरी नै जिल्ला सचिवालय ४५ जनाको बन्ने छ। यसमा पूर्व एमालेबाट ३० र पूर्व माओवादी केन्द्रबाट १९ जना रहने छन्।

जिल्ला कमिटी भने १४५ सदस्यीय बन्ने छ। जसमा पूर्व एमालेबाट ९४ र पूर्व माओवादी केन्द्रबाट ५१ जना रहने छन्। जिल्ला कमिटी सदस्यमा दुवै तर्फका जिल्ला कमिटीमा रहेका सदस्यहरू र केही नयाँ सदस्य थप गरिएको लावतीले बताए। यसरी नै दुवै प्रतिनिधि सभा क्षेत्रीय कमिटीको अध्यक्ष पूर्व एमाले र सचिव माओवादी रहने छन्।

प्रदेशसभा क्षेत्रीय कमिटीमा पूर्व एमाले र माओवादी केन्द्रबाट २/२ जनाले नेतत्व गर्ने टुंगाे लागेको छ। स्थानीय तहरूमा ८ मा संयोजक, ३ मा सचिव पूर्व एमालेबाट, २ तहमा पूर्व माओवादी केन्द्रबाट संयोजक र ७ तहमा सचिव हुने गरेर प्रतिवेदन बुझाइएको जनाइएको छ। जिल्ला कमिटीमा रहने प्रायः सबैको नामावली समेत बुझाई सकिएको भए पनि सार्वजनिक भने गर्न बाँकी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.