|

काठमाडाैं : काठमाडौं नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ सिपाहीको मासिक पारिश्रमिकबाट २८ प्रतिशतसम्म रकम कटौती गर्न थालेपछि असन्तुष्टि बढेको छ।

कारोबार दैनिकमा समाचार छ, सैनिक कल्याणकारी कोषको रकम वृद्धि गर्न शान्ति मिसनमा तैनाथ तल्लो दर्जाका फौजको मासिक पारिश्रमिकबाट सेनाले ३७८ अमेरिकी डलर सम्म र उपल्लो तहका अधिकृतबाट दुई प्रतिशत मात्र रकम कटौती गरेपछि विवाद बढेको हो।

सेनाले तय गरेको कार्यविधिमा २२ प्रतिशतसम्म रकम कटौती गर्ने उल्लेख छ तर त्यसलाई समेत नाघेर कार्यालय सहयोगी र सिपाहीबाट २८ प्रतिशतभन्दा बढी रकम असुल्ने गरेको पाइएको छ।मिसनमा पल्टनको नेतृत्व गरेर जाने प्रमुख सेनानीबाट २.१७ प्रतिशत मात्रै कटौती गरिँदै आएको छ।

शान्ति मिसनमा सेनाको पल्टन तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको फम्र्ड पुलिस युनिट(एफपीयू) मिसनमा खटिने परिचरदेखि कमाण्डरसम्मका सबै दर्जाले समान एक हजार ३३२ डलर मासिक पारिश्रमिक पाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.