|

काठमाडौं :  संवैधानिक परिषदले  आठ वटा संवैधानिक निकायका अध्यक्ष तथा सदस्यहरु खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने भएको छ।

आठ वटा संवैधानिक निकायमा अध्यक्ष र सदस्य गरी ४० जना आवश्यक छ। संवैधानिक निकायको सचिवालयले विज्ञापन जारी गरी अध्यक्ष र सदस्यहरु खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न लागिएको जनाएको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग र राष्ट्रिय समावेशी आयोगको अध्यक्ष र सदस्यको पदपुर्तिका लागि विज्ञापन निकालिएको हो। त्यस्तै आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगमा पनि अध्यक्ष र ४–४ सदस्य पद खाली छन्। 

योग्यता पुगेका उम्मेदवारहरुलाई आवेदनका लागि परिषद् सचिवालयले सात दिनको म्याद दिएको छ। सचिवालयले उम्मेदवारहरुले अनलाइनमार्फत् नै आवेदन दिन सक्ने व्यवस्था समेत मिलाएको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.