|

विराटनगरः प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सरकारले जे गर्दा पनि विरोध भइरहेको बताएका छन्। उनले सरकार बाहिर भएको हल्लाको आधारमा नचल्ने समेत बताएका छन्।

विराटनगर विमानस्थलमा बुधबार संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जे गर्दा पनि आलोचना र होहल्ला भइरहेको बताए।

उनले बाटोमा खाल्डो पर्दा पनि सरकारलाई आलोचना गर्ने र खाल्टो पुर्दा पनि टालटुले सरकार भन्ने गरेको बताए। ‘बाटोमा खाल्डो प¥यो, के हेरेर बसेको छ भनेको छ नगरपालिकालाई गाली गरेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘नगरपालिकाले सडकको खाल्डा टाल्यो भने टालटुले सरकार, टालेरै बस्छ भन्छन् ।’

ओलीले कुनकुन सरकारले के के काम गर्ने भन्ने विषय संविधानमा प्रष्ट रहेको र स्थानीय तहलाई पनि कर उठाउने अधिकार भएको बताए। यद्यपि करको विषयमा अनावश्यक भ्रम पार्न खोजिएको उनले भनाइ थियो।

सबैको सहमतिमा संघीय प्रणाली आफूहरुले लागू गरेको बताउँदै सानातिना कमी कमजोरीको विषयलाई लिएर उछाल्नु नहुने उनको भनाई छ। 
संसारमा कम कर रसस्तो बजार नेपाल नै रहेको उनको दाबी थियो । ‘संघीय प्रणाली हामीले छानेर ल्याएको व्यवस्था हो, काहीँ कतै गल्ती भएको हुनसक्छ’, ओलीले भने, ‘संसारमा यति सस्तो कर र यति सस्तो बजार भएको देश हाम्रो मात्रै हो ।’

प्रधानमन्त्री ओलीले प्रदेश सरकारले विदा दिएको विषयमा विवाद गर्नुपर्ने कारण नभएको बताए। ‘प्रदेशले विदा दियो त भइगयो नि,’ ओलीले भने, ‘विवाद किन गर्नु ।’
सर्वोच्च अदालतमा दुई जना कायम मुकायम प्रधानन्यायाधिक भएको विषयमा आफूलाई थाहा नभएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.