काठमाडौं : गायक रुपक डोटलको स्वर रहेको नयाँ गीत रिलिज भएको छ। मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको 'फर्की आउँछौ' बोलको गीतमा अकेला आशुको शब्द तथा संगीत रहेको छ।
विकाश सुवेदीको निर्देशनमा तयार भएको भिडियोमा व्यस्त नायिका बर्षा सिवाकोटी र विकाश लामिछानेको अभिनय रहेको छ। भिडियोमा प्रेममा भएको स्वार्थलाई देखाइएको छ। सिमित स्वार्थको लागि प्रेममा भएको धोका भिडियोले बोलेको छ।
सार्वजनिक उक्त भिडियोलाई अनिल के मानन्धरले खिचेका हुन् भने सुप्रिम पराजुलीले सम्पादनको जिम्मा लिएका छन्।
हेर्नुहोस् गीत :
तपाईंको ईमेल गोप्य राखिनेछ ।